काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
बुधबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटघाट गरी नाडासँग सम्बन्धित समसामयिक विषयमा छलफल गरेको हो।
सोही अवसरमा नाडाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेको जनाएको छ।
भेटका क्रममा अटोमोबाइल क्षेत्रका समसामयिक विषय, व्यवसायिक वातावरण तथा सरोकारका विषयमा समेत छलफल भएको नाडाले जनाएको छ।
नाडाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न निकायसँग सहकार्य गर्दै आवश्यक सहयोग तथा समन्वयका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।