बुधबार, कार्तिक १८,२०८३ 07:30:18
  • बुधबार, कार्तिक १८,२०८३ 07:30:18
Global IME Bank Limited

चितवनमा खुल्दै ‘द पोस्टकार्ड होटल’, राप्ती किनारमा २२ कोठाको लक्जरी रिसोर्ट

Bizshala
चितवनमा खुल्दै ‘द पोस्टकार्ड होटल’, राप्ती किनारमा २२ कोठाको लक्जरी रिसोर्ट
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय लक्जरी हस्पिटालिटी ब्रान्ड ‘द पोस्टकार्ड होटल’ नेपाल प्रवेश गर्ने भएको छ। कम्पनीले चितवनको राप्ती नदी किनारमा ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ नामक लक्जरी होटल नोभेम्बर २०२६ देखि सञ्चालनमा ल्याउने घोषणा गरेको हो।

भारत, भुटान र श्रीलंकापछि नेपाल ब्रान्डको चौथो देश हुनेछ।

चितवन राष्ट्रिय निकुञ्जको बफर जोनसँग जोडिएको राप्ती नदी किनारमा निर्माण गरिएको होटलमा २२ वटा कोठा तथा सुइट रहनेछन्। प्रत्येक कोठा तथा सुइट करिब १ हजार ३०० वर्गफिटदेखि सुरु हुने र नदी वा जंगलतर्फको दृश्यावलोकन गर्न मिल्ने निजी सिटआउटसहित डिजाइन गरिएको कम्पनीले जनाएको छ।

होटलमा करिब ५ हजार वर्गफिटको दुई बेडरुमयुक्त प्रेसिडेन्सियल सुइटसमेत रहनेछ। उक्त सुइटमा निजी स्विमिङ पुलको सुविधा हुनेछ।

होटलले चितवनको वन्यजन्तु पर्यटनलाई लक्जरी हस्पिटालिटीसँग जोड्ने लक्ष्य लिएको छ। होटलबाट राप्ती नदी किनारमा एकसिंगे गैँडा, गोही तथा अन्य वन्यजन्तु देख्न सकिने सम्भावना रहेको कम्पनीको भनाइ छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

चितवन राष्ट्रिय निकुञ्ज सन् १९८४ देखि युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ। निकुञ्जमा एकसिंगे गैँडा, बंगाल टाइगर, चितुवा, भालु, घडियाललगायत वन्यजन्तु पाइन्छन्। कम्पनीका अनुसार यहाँ ५२५ भन्दा बढी प्रजातिका चरा पाइने भएकाले चरा अवलोकनका लागि पनि महत्वपूर्ण गन्तव्य हो।

होटलमा ‘ट्री टप्स’ नामक इनडोर–आउटडोर रेस्टुरेन्ट तथा बार रहनेछ। त्यस्तै थारू समुदायको खानपान परम्पराबाट प्रेरित खुला बार्बिक्यु अनुभवका लागि ‘ट्राइबल सर्कल’ सञ्चालन गरिनेछ।

स्विमिङ पुल, स्पा ट्रिटमेन्ट रुम, स्टिम रुम, साउना तथा जंगल अवलोकनका लागि विशेष भ्यूइङ डेकसमेत होटलको मुख्य आकर्षण रहनेछन्।

होटलले पाहुनाका लागि प्राकृतिक विज्ञको नेतृत्वमा जिप सफारी, जंगल वाक, राप्ती नदीमा क्यानोइङ, बर्डवाचिङ तथा नजिकका थारू गाउँ भ्रमणको व्यवस्था गर्ने जनाएको छ।

कम्पनीका अनुसार काठमाडौं–भरतपुर हवाई यात्रा करिब २५ मिनेटको हुनेछ भने भरतपुर विमानस्थलबाट होटल पुग्न करिब ४० मिनेट लाग्नेछ।

द पोस्टकार्ड होटलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कपिल चोपडाले चितवन नेपालका हिमालभन्दा फरक तर उत्तिकै महत्वपूर्ण प्राकृतिक सम्पदा रहेको उल्लेख गर्दै स्थानीय वातावरण, वन्यजन्तु र समुदायसँग मेल खाने होटल निर्माणमा जोड दिइएको बताएका छन्।

Garima Development Bank
Bizshala
IME remit

होटलकी मालिक सवाना वैद्य बस्नेतले परियोजना केवल हस्पिटालिटी व्यवसाय नभई संरक्षण पर्यटनसँग जोडिएको बताएकी छन्। उनका अनुसार नेपाललाई हिमालबाहेक तराईका जंगल, नदी, वन्यजन्तु र स्थानीय संस्कृतिमार्फत पनि विश्व बजारमा चिनाउने उद्देश्य परियोजनाको छ।

द पोस्टकार्ड होटलले सेप्टेम्बर २०२६ मा माल्दिभ्समा सम्पन्न वर्ल्ड ट्राभल अवार्ड्स एसिया, ओसिनिया एन्ड इन्डियन ओसन समारोहमा १२ वटा अवार्ड जितेको थियो। कम्पनीले लगातार अर्को वर्ष पनि ‘एसियाज लिडिङ बुटिक होटल ब्रान्ड’ उपाधि प्राप्त गरेको जनाएको छ।

नेपालमा सञ्चालनमा आउने होटलको एक सुइटको मूल्य १ लाख ३६ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ। उक्त मूल्यमा ‘एनीटाइम ब्रेकफास्ट’ तथा ‘एनीटाइम चेक–इन एन्ड चेक–आउट’ सुविधा समावेश हुनेछ।

सन् २०१८ मा स्थापना भएको द पोस्टकार्ड होटलले हाल भारत, भुटान र श्रीलंकामा १३ वटा लक्जरी होटल सञ्चालन गरिरहेको छ। नेपाल प्रवेशसँगै कम्पनीले दक्षिण एसियाका विशिष्ट प्राकृतिक तथा सांस्कृतिक गन्तव्यमा आफ्नो उपस्थिति थप विस्तार गर्ने भएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.