शुक्रबार, कार्तिक २०,२०८३ 02:07:38
  • शुक्रबार, कार्तिक २०,२०८३ 02:07:38
Global IME Bank Limited

त्रिभुवन विमानस्थलमा ब्यागेज व्यवस्थापनमा नयाँ सुविधा, यात्रुले लाइभ फिडबाटै हेर्न सक्ने

Bizshala
त्रिभुवन विमानस्थलमा ब्यागेज व्यवस्थापनमा नयाँ सुविधा, यात्रुले लाइभ फिडबाटै हेर्न सक्ने
New Office

 

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी र यात्रुमैत्री बनाउन नयाँ व्यवस्था सुरु गरिएको छ।

अब अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुले विमानबाट झारिएको आफ्नो सामान ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियालाई आगमन कक्षमै राखिएको लाइभ फिडमार्फत प्रत्यक्ष हेर्न सक्नेछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य आगमन कक्षको ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको हो।

नयाँ व्यवस्थाबाट यात्रुले आफ्नो सामान कुन अवस्थामा छ र ब्यागेज बेल्टसम्म आइपुग्न कति समय लाग्न सक्छ भन्नेबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा कहिले आइपुग्छ भन्नेबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन। त्यसका कारण सामान कुरिरहेका यात्रु अन्योलमा पर्ने र अनावश्यक प्रतीक्षा गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको थियो।

अब भने ब्यागेज ड्रप क्षेत्रमा भइरहेको गतिविधि आगमन कक्षमै हेर्न सकिने भएकाले यात्रुको प्रतीक्षा समय थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

पछिल्लो समय विमानस्थलको सेवा सुधार, प्रविधिको प्रयोग र यात्रु सुविधालाई प्राथमिकतामा राख्दै विभिन्न सुधारका काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।

नयाँ लाइभ फिड प्रणालीलाई सेवा प्रवाहमा पारदर्शिता बढाउने, यात्रुको गुनासो न्यूनीकरण गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र सेवा अनुभवलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.