अन्डरवेयरमा लुकाएर ल्याएको ४२२ ग्राम सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्डरवेयरभित्र लुकाएर ल्याइएको ४२२.५ ग्राम अर्धठोस सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाण्डौ आएका भारतीय नागरिक अस्लम शौकतलाई विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो ।विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार आइतबार दिउँसो करिब २ः५२...

