काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मोटरसाइकलसहित विभिन्न पुरस्कार प्रदान गर्ने भएको छ।
एनपीएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार बजाज पल्सरले प्रतियोगिताका सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र उत्कृष्ट उदीयमान खेलाडीलाई एक–एकवटा पल्सर मोटरसाइकल प्रदान गर्ने जनाएको छ।
यससँगै प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रभाव पार्ने खेलाडीलाई ‘पल्सर पावर प्ले च्याम्पियन’ घोषणा गरी २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा दर्शकलाई समेत प्रत्यक्ष रूपमा सहभागी गराउन ‘पावर प्ले प्रेडिक्सन गेम’ सञ्चालन गरिनेछ। यसमार्फत दर्शकले प्रत्येक खेलको ‘पल्सर पावर प्ले च्याम्पियन’ को अनुमान गर्न सक्नेछन्।
सही अनुमानबाट अंक संकलन गर्दै लिडरबोर्डमा शीर्ष स्थानमा पुग्ने तीन सहभागीले एनपीएल मैदानमै विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्ने अवसर पाउनेछन्। साथै, प्रेडिक्सन गेममा सहभागी हुने दर्शकले प्रत्येक खेलमा स्मार्टवाच जित्ने अवसरसमेत पाउने कम्पनीले जनाएको छ।
मैदानमा ‘पल्सर इन्गेजमेन्ट जोन’ समेत रहनेछ। उक्त जोनमा दर्शकले पल्सरको ‘रिफाइन्ड एन्ड र’ पावर अवधारणामा आधारित विभिन्न मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधिमा सहभागी हुन सक्नेछन्।
त्यसैगरी, मैदानमा पल्सर मोटरसाइकलका विभिन्न मोडलको प्रदर्शनीसमेत गरिनेछ। यसबाट दर्शकले ब्रान्डका विभिन्न मोडललाई नजिकबाट अवलोकन गर्न सक्नेछन्।
कम्पनीका अनुसार यी गतिविधिमार्फत एनपीएलको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउनुका साथै दर्शक सहभागिता र मैदानको अनुभवलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।