शुक्रबार, कार्तिक २०,२०८३ 05:53:59
  • शुक्रबार, कार्तिक २०,२०८३ 05:53:59
Global IME Bank Limited

एआई र उच्च प्रविधिबाट नेपालमा नयाँ पुस्ताको रोजगारी सिर्जना गर्न सकिन्छ : विज्ञ

Bizshala
एआई र उच्च प्रविधिबाट नेपालमा नयाँ पुस्ताको रोजगारी सिर्जना गर्न सकिन्छ : विज्ञ
New Office

 

काठमाण्डौ । विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उच्च प्रविधिको तीव्र विकास भइरहेका बेला नेपालले प्रविधिको उपभोक्ता मात्र नभई नवप्रवर्तन तथा डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा आफूलाई रूपान्तरण गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई नेपाल) ले नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजमा आयोजना गरेको ‘एआई एण्ड हाई-टेक करिअर्स: क्रियटिङ द नेक्स्ट जेनेरेसन अफ इम्प्लोयमेन्ट इन नेपाल’ शीर्षकको अन्तरक्रियामा सहभागीहरूले एआई तथा उच्च प्रविधिले नेपालमा उच्च मूल्यका नयाँ रोजगारी सिर्जना गर्न सक्ने बताएका हुन्।

‘अध्यापन सफ्टवेयर’ एकेडेमिक ईआरपी साझेदार रहेको कार्यक्रममा प्रविधिले श्रम बजारमा ल्याएको परिवर्तन, नयाँ सीपको आवश्यकता र नेपालको सम्भावनाबारे छलफल गरिएको थियो।

सीएसआरआई नेपालका अध्यक्ष तथा वर्ल्ड एआई एलायन्सका सल्लाहकार डा. शालिग्राम पराजुलीले नेपालले शारीरिक श्रम निर्यात गर्ने परम्परागत मोडलबाट बाहिरिएर मानव बौद्धिकता, प्रविधि र डिजिटल सेवा निर्यात गर्ने विकास मोडल अवलम्बन गर्नुपर्ने बताए।

नेपाललाई एआई नवप्रवर्तन, साइबर सुरक्षा, बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) तथा प्रविधि निर्यातको गन्तव्य बनाउनुपर्ने उल्लेख गर्दै उनले युवालाई रोजगारी खोज्नेमा मात्र सीमित नराखी प्रविधि उद्यमीका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

दिगो स्टार्टअप इकोसिस्टम निर्माणका लागि अनुसन्धान कोष, इन्क्युबेसन, मेन्टरशिप र अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार आवश्यक रहेको उनले बताए। यसका लागि सरकार, निजी क्षेत्र, विश्वविद्यालय र लगानीकर्ताबीच प्रभावकारी सहकार्य हुनुपर्ने उनको भनाइ थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सीएसआरआई नेपालका संस्थापक अध्यक्ष तथा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले प्रविधिमा भइरहेको तीव्र रूपान्तरणसँग अनुकूल हुन नसक्नेहरूका लागि आगामी दिन चुनौतीपूर्ण हुने बताए।

उनले बजारको मागअनुसार समयमै नयाँ सीप सिक्नुपर्ने र श्रमको सट्टा बौद्धिक तथा प्राविधिक क्षमता निर्यात गर्ने दिशामा नेपाल अघि बढ्नुपर्नेमा जोड दिए। प्रविधिको प्रयोग बढ्दै गए पनि मानवीय विवेक र निर्णय क्षमतालाई सधैँ केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा एआईको विस्तारसँगै प्राविधिक र गैरप्राविधिक दुवै प्रकृतिका नयाँ रोजगारी सिर्जना भइरहेको विषयमा पनि छलफल भएको थियो।

मसिन लर्निङ इन्जिनियर, प्रम्प्ट इन्जिनियर, डेटा साइन्टिस्ट र रोबोटिक्स इन्जिनियरजस्ता प्राविधिक जनशक्तिसँगै डेटा गोपनीयता र एआईको नैतिक प्रयोग सुनिश्चित गर्न एआई अडिटर, नीति निर्माता तथा साइबर सुरक्षा विज्ञहरूको माग बढ्दै गएको बताइएको छ।

स्वास्थ्य निदान, ऊर्जा इन्जिनियरिङ सर्वेक्षण र बजार अनुसन्धानलगायत क्षेत्रमा मानव र एआईको सहकार्यबाट नयाँ रोजगारीका अवसर सिर्जना भइरहेको पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो।

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा सीएसआरआई नेपालका वरिष्ठ उपाध्यक्ष गजेन्द्र शर्माले देशका १७ विश्वविद्यालय एआई युगमा प्रवेश गरिसकेको भए पनि स्पष्ट एआई नीति र कार्यान्वयन संरचना अझै आवश्यक रहेको बताए।

Garima Development Bank
Bizshala
IME remit

उनले राष्ट्रिय एआई नीतिमा समेटिएका सुशासन, मानव पुँजी, अनुसन्धान, आर्थिक एकीकरण, सार्वजनिक–निजी साझेदारी र नागरिक अधिकारका आधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सातै प्रदेशमा एआई एक्सिलेन्स सेन्टर स्थापना गर्नुपर्ने धारणा राखे।

सीएसआरआई नेपालका उपाध्यक्ष तथा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले उच्च प्रविधियुक्त जनशक्ति निर्माणका लागि दूरसञ्चार पूर्वाधार र नेटवर्क पहुँच महत्वपूर्ण रहेको बताए।

वित्तीय क्षेत्रका विज्ञ बन्दना शर्मा र संगम न्यौपानेले बैंकिङ प्रणालीमा डिजिटल भुक्तानी, साइबर सुरक्षा र एआईमा आधारित सुरक्षा प्रणालीका कारण नयाँ अवसर सिर्जना भइरहेको बताए।

वर्ल्ड एआई एलायन्सका अध्यक्ष उज्ज्वल रोयले सीएसआरआई नेपालजस्ता अनुसन्धानमूलक संस्थालाई राज्यले प्रविधि क्षेत्रको थिङ्क ट्याङ्कका रूपमा उपयोग गर्नुपर्ने सुझाव दिए।

कार्यक्रमले एआईले कार्यक्षमता बढाउने भए पनि अन्तिम निर्णय र मानवीय विवेक प्रविधिलाई पूर्ण रूपमा सुम्पिन नहुने निष्कर्ष निकालेको छ। नीतिगत स्पष्टता, डिजिटल सीप विकास र अनुसन्धानमा लगानी आजको मुख्य आवश्यकता रहेको सहभागीहरूको धारणा थियो।

सीएसआरआई नेपालले हालै बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रलाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ समेत घोषणा गरेको छ।

उक्त अनुसन्धान अनुदानमार्फत वित्तीय क्षेत्रमा एआईको तीव्र विस्तारसँगै बढ्दो साइबर जोखिम, डिजिटल ठगी र डेटा गोपनीयताका चुनौती समाधान गर्न स्वदेशमै प्राविधिक तथा नीतिगत समाधान विकास गर्ने लक्ष्य राखिएको संस्थाले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.