काठमाण्डौ । अध्यागमन विभागले भिसाको उद्देश्यविपरीत गतिविधि गरेको पाइएपछि १० विदेशी नागरिकलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ।
मोरङको कानेपोखरी गाउँपालिका–७ बरगाछीस्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका उनीहरूलाई तीन वर्षसम्म नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरिएको विभागले जनाएको छ।
पर्यटक भिसामा नेपाल आएका उनीहरूले भिसाको उद्देश्यविपरीत गतिविधि गरी अध्यागमन कानुन उल्लंघन गरेको ठहर गर्दै जनही ५० हजार रुपैयाँ जरिबाना गरिएको छ।
निष्कासन हुनेमध्ये पाँच जना अमेरिकी, दुई जना ब्राजिलियन र तीन जना क्यानडेली नागरिक रहेका छन्।
तीमध्ये एक जना नाबालक रहेकाले उनलाई आमाबुबासँगै नेपालबाट प्रस्थान गराउने निर्णय गरिएको विभागले जनाएको छ।
अध्यागमन विभागले विदेशी नागरिकलाई नेपालमा रहँदा आफूले प्राप्त गरेको भिसाको उद्देश्य र सर्तअनुसार मात्रै गतिविधि गर्नुपर्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।