सेवा प्रवाहलाई डिजिटल र पारदर्शी बनाउन अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ प्रणाली लागू
काठमाण्डौं । अध्यागमन विभागले सार्वजनिक सेवा प्रवाहलाई थप पारदर्शी, डिजिटल र ट्र्याकिङयोग्य बनाउने उद्देश्यसहित ‘डिजिटल टाइम कार्ड’ प्रणाली औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ । सेवा प्रक्रियामा हुने ढिलाइ घटाउने र सेवाग्राहीलाई वास्तविक समयमै जानकारी उपलब्ध गराउने लक्ष्यसहित उक्त प्रणाली शुरु गरिएको विभागले जनाएको छ ।

