मंगलवार, जेष्ठ १२,२०८३ 06:43:40
Bizshala
  • मंगलवार, जेष्ठ १२,२०८३ 06:43:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अवैध गतिविधिमा संलग्न विदेशीमाथि अध्यागमनको कडा निगरानी, १८ महिनामा ६७५ नेपालबाट निष्कासित

Laxmi Sunrise Bank Limited
अवैध गतिविधिमा संलग्न विदेशीमाथि अध्यागमनको कडा निगरानी, १८ महिनामा ६७५ नेपालबाट निष्कासित
Shivam Cement

काठमाण्डौं । अध्यागमन विभागले पछिल्लो डेढ वर्षमा सयौँ विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको तथ्य सार्वजनिक गर्दै विदेशी गतिविधिमाथिको निगरानी थप कडा बनाइएको संकेत दिएको छ ।  

विभागका अनुसार पछिल्लो १८ महिनामा मात्रै ६ सय ७५ विदेशी नागरिक अध्यागमन कानून उल्लङ्घनका कारण देशनिकाला परेका छन् ।

Bizshala
New Office
CG Motors

विभागले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२५ मा ५ सय २३ विदेशी नागरिकलाई निष्कासन गरिएको थियो भने सन् २०२६ को मे २५ सम्म थप १ सय ५२ जनालाई नेपालबाट निकालिएको छ ।  

अवैध बसोबास, भिसा शर्त उल्लङ्घन, गैरकानुनी कामकाज तथा शंकास्पद गतिविधिमा संलग्नता देखिएपछि कारबाही गरिएको जनाइएको छ ।

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी कार्यक्रममा विभागका अधिकारीहरूले नेपालमा आउने विदेशी नागरिकको गतिविधिमाथि डिजिटल निगरानी बढाइएको बताएका छन् ।  

देशभरका १८ कार्यालयमार्फत अध्यागमन सुधार, स्थानीय दर्ता प्रणाली र निगरानी संयन्त्रलाई थप व्यवस्थित बनाउने काम भइरहेको विभागको भनाइ छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

पछिल्लो समय नेपालमा पर्यटक, व्यवसायी, स्वयंसेवी संस्था र विभिन्न परियोजनाको नाममा आउने विदेशी नागरिकको संख्या बढ्दै जाँदा सुरक्षा निकायले पनि निगरानी विस्तार गरेका छन् । 

अध्यागमन विभागले राष्ट्रिय सुरक्षा, कानूनी व्यवस्था र पर्यटकीय विश्वसनीयता जोगाउन प्रविधिमा आधारित ट्र्याकिङ प्रणालीलाई प्राथमिकतामा राखेको जनाएको छ ।

विभागका अनुसार अब विदेशी नागरिकको आवागमन, बसोबास र गतिविधिसम्बन्धी विवरणलाई डिजिटल प्रणालीमार्फत एकीकृत गर्ने तयारी भइरहेको छ ।  

यसलाई नेपाललाई सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने रणनीतिसँग पनि जोडेर हेरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.