आईतवार, कार्तिक २२,२०८३ 02:35:01
  • आईतवार, कार्तिक २२,२०८३ 02:35:01
Global IME Bank Limited

लक्ष्मीपूजामा १७ सय मेगावाट मागको अनुमान, आन्तरिक उत्पादनबाटै धान्ने प्राधिकरणको तयारी

Bizshala
लक्ष्मीपूजामा १७ सय मेगावाट मागको अनुमान, आन्तरिक उत्पादनबाटै धान्ने प्राधिकरणको तयारी
New Office

काठमाण्डौ । लक्ष्मीपूजाका लागि आज साँझ देशभर एकैपटक झिलिमिली बत्ती बालिँदा विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने नेपाल विद्युत् प्राधिकरणको अनुमान छ। साँझको उच्च माग आन्तरिक उत्पादनबाटै धान्ने र स्थानीय रूपमा आपूर्ति अवरुद्ध भए तत्काल मर्मत गर्ने गरी प्राधिकरणले प्राविधिक टोली तयारी अवस्थामा राखेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार लक्ष्मीपूजाको समयमा प्रणालीमा करिब २ हजार ५०० मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण छ। अनुमानित मागभन्दा उत्पादन करिब ८०० मेगावाट बढी हुने भएकाले साँझको माग व्यवस्थापन गर्न आन्तरिक उत्पादन पर्याप्त हुने प्राधिकरणको आकलन छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कमान्ड सेन्टरबाट मन्त्री र कार्यकारी निर्देशकले निगरानी गर्ने

प्राधिकरणले साँझको उच्च माग व्यवस्थापन गर्न प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच निरन्तर समन्वयको व्यवस्था मिलाएको छ। आज साँझ ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र कार्यकारी निर्देशक श्रेष्ठ केन्द्रीय कमान्ड सेन्टरमा बसेर विद्युत् माग र आपूर्तिको अवस्था हेर्ने तयारी छ।

कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा बसेको वरिष्ठ व्यवस्थापन टोलीको बैठकले सम्भावित प्राविधिक समस्या र जनशक्ति परिचालनबारे छलफल गरेको थियो। त्यसपछि एलडीसी, ग्रिड र प्रादेशिक कार्यालयका प्रमुखहरूसँग भर्चुअल बैठक गरी प्रणालीको निगरानी र समस्या देखिएपछि गर्ने कामबारे समन्वय गरिएको प्राधिकरणले जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit

स्थानीय अवरोध हटाउन चौबीसै घण्टा टोली

समग्र माग धान्न पर्याप्त उत्पादन भए पनि प्रसारण लाइन वा स्थानीय वितरण प्रणालीमा प्राविधिक समस्या आउँदा कुनै क्षेत्रमा बत्ती जान सक्छ। त्यसका लागि प्राधिकरणले बाँकी निरीक्षण र मर्मतका काम तत्काल सक्न निर्देशन दिएको छ। समस्या आए तत्काल मर्मत गरी आपूर्ति सुचारु गर्न प्राविधिक कर्मचारी चौबीसै घण्टा तयारी अवस्थामा रहनेछन्।

बत्ती गएको गुनासो तत्काल लिन वितरण कार्यालयका प्रमुखलाई ‘नो लाइट’ सेवाको फोन नियमित उठ्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ। प्राधिकरणले झिलिमिली बत्ती जोड्नुअघि घरका तार र उपकरणको अवस्था जाँच्न तथा गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न आग्रह गरेको छ। तारमा खराबी वा विद्युत् चुहावट देखिए आफैँ मर्मत गर्ने जोखिम नलिई दक्ष प्राविधिकको सहायता लिन र आपूर्ति अवरुद्ध भए सम्बन्धित वितरण केन्द्र वा ‘नो लाइट’ सेवामा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.