शुक्रबार, कार्तिक २७,२०८३ 12:25:23
  • शुक्रबार, कार्तिक २७,२०८३ 12:25:23
Global IME Bank Limited

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

Bizshala
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य
New Office

 

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको छ। निर्माण अन्तिम चरणमा पुगेको पुल आगामी मंसिर पहिलो सातादेखि खुलाउने लक्ष्य राखिएको हो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको मुख्य ढलान सम्पन्न भइसकेको छ। अहिले पुलको दुवैतर्फ जोडिने सडकमा माटो भर्ने काम भइरहेको छ। उक्त काम पूरा भएपछि सवारी आवागमन खुलाउने तयारी छ।

कमला पुल निर्माणका लागि २०६८ सालमा पप्पु–लुम्बिनी जेभीले ठेक्का पाएको थियो। लामो समयपछि निर्माण सकिएर उद्घाटनको तयारी भइरहेका बेला २०७८ असारमा आएको बाढीले पिलर भत्काएपछि पुल सञ्चालनको योजना रोकिएको थियो। त्यसपछिका प्राविधिक समस्या र बीमा कम्पनीसँगको विवादले आयोजना थप समय अलपत्र परेको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

पुनर्निर्माणका क्रममा क्षतिग्रस्त १० नम्बर पिलर बनाउनुका साथै पुलको जग र अन्य तीनवटा पिलरको सबलीकरण गरिएको छ। बाँकी संरचनागत कामसमेत अन्तिम चरणमा पुगेपछि पुल सञ्चालनको तयारी अघि बढाइएको हो।

पुलको निर्माण लम्बिँदा धनुषा र सिरहाका स्थानीयले वर्षौंदेखि आवागमनमा सास्ती भोग्दै आएका छन्। नदी तर्न डुङ्गाको सहारा लिनुपर्ने र वर्षायाममा बहाव बढ्दा जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता रहँदै आएको छ। जनकपुरधाम र राजविराजबीच यात्रा गर्नेहरूले पनि लामो वैकल्पिक बाटो प्रयोग गर्नुपरेको छ।

Garima Development Bank
Bizshala
IME remit

पुल सञ्चालनमा आएपछि दुई जिल्लाबीचको आवतजावत सहज हुनुका साथै कृषि उपजको ढुवानी र स्थानीय व्यापारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विद्यालय तथा स्वास्थ्य संस्थासम्मको पहुँच सहज बनाउन पनि पुल उपयोगी हुने देखिएको छ।

यसैबीच, हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको कुल ४०६ दशमलव ४३ किलोमिटर सडकमध्ये ३४७ दशमलव ६३ किलोमिटर कालोपत्र भइसकेको छ। उक्त क्षेत्रका २४ वटा पुलको निर्माण पनि सम्पन्न भएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.