आईतवार, मंसिर २८,२०८२ 05:38:37
Bizshala
  • आईतवार, मंसिर २८,२०८२ 05:38:37
Bizshala
Global IME Bank Limited
Bizshala

बिजशालाको समाचारपछि राष्ट्रबैंकद्वारा कमजोरीमा सुधार, बैंकिङका मुख्य इण्डिकेटर अब नियमित हेर्न पाइने

Hyundai Nepal
बिजशालाको समाचारपछि राष्ट्रबैंकद्वारा कमजोरीमा सुधार, बैंकिङका मुख्य इण्डिकेटर अब नियमित हेर्न पाइने
Shivam Cement

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था सम्बन्धी महत्वपूर्ण सूचना अपडेट र त्यसको व्यवस्थापनमा कमजोर देखिएको विषयमा बिजशालामा समाचार प्रकाशन भएपछि नेपाल राष्ट्रबैंकले आफ्नो कमजोरी सच्याउन थालेको छ ।  

समाचार प्रकाशन भएको केही घण्टापछि नै केन्द्रीय बैंकले १० दिनदेखि अपडेट नगरेको सूचना आफ्नो वेबसाइटमा प्रकाशन गरेको थियो।  

त्यसपछि भने केन्द्रीय बैंकले नियमित रुपमा महत्वपूर्ण सूचकसम्बन्धी सूचना प्रकाशन गर्न थालेको हो । 

CG Motors
Garima Development Bank
IME remit

देशमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको मुख्य सूचकहरु अपेडट गर्ने विषयमा राष्ट्रबैंकले आफ्नो कमजोरी सुधारेको हो । 

केन्द्रीय बैंकको बेवसाइटमा कुल निक्षेप, वाणिज्य बैंकको कुल निक्षेप, अन्य वित्तीय संस्थाको कुल निक्षेप, कुल कर्जा प्रवाहको अवस्था, वाणिज्य बैंकहरुको मात्रै कुल कर्जा प्रवाहको अवस्था, अन्य वित्तीय संस्थाको कुल कर्जा प्रवाहको अवस्था, कर्जा निक्षेप अनुपात, अन्तर बैंक ब्याजदर जस्ता महत्वपूर्ण सूचकमा नियमित अपडेट नगर्ने गरेकोमा समाचार प्रकाशनपछि भने अपडेट हुन थालेको छ ।  

सर्वसाधारणको पहुँचका लागि यस्ता सूचना केन्द्रीय बैंकले प्रकाशित गर्नुपर्ने हुन्छ । उनीहरुको पहुँच केन्द्रीय बैंकको उच्चतहसम्म हुँदैन । यतिसम्मकी कतिपय बैंक तथा वित्तीय संस्थाको उच्च व्यवस्थापनको समेत केन्द्रीय बैंकको टप लेभलसम्म पहुँच हुँदैन । जसका कारण यस्ता बैंक तथा वित्तीय संस्था समेत राष्ट्रबैंकको वेबसाइटमा प्रकाशित यिनै इण्डिकेटरहरु हेरेर निक्षेप तथा कर्जा प्रवाहको अवस्था, अन्तर बैंक ब्याजदरको अवस्था र तिनै सूचकका आधारमा तरलता व्यवस्थापन, निकट भविष्यको रणनीति लगायत बनाउने गर्दछन्।  

‘मुख्य इण्डिकेटरको नियमित अपडेट नहुँदा हामीलाई रणनीति बनाउन गाह्रो पर्छ । सूचनासम्म भित्री पहुँच हुनेहरुले बजारमा चलखेल गर्ने मौका पाउँछन् ।’ एक बैंकरले भने–‘यति सानो कुरा समेत राष्ट्रबैंकले नबुझ्नु लापरबाहीको पराकाष्ठा थियो, बिजशालाको समाचारपछि कमजोरी सुधार्नु राम्रो कुरा हो । अपडेटमा फेरि लापरबाही नगरियोस् । '

तर बैंकरहरु केन्द्रीय बैंकले मुख्य इण्डिकेटरमा अझै सुधार गर्नुपर्नेमा जोड दिन्छन् । एकदिन बिराएर ती सूचनाहरु अपडेट हुनुपर्ने उनीहरुको माग छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यसअघि प्रकाशित समाचार :

मुख्य सूचना नै अपडेट गर्दैन राष्ट्रबैंक, नभ्याएको कि खेलाडीलाई मौका दिएको ?

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.