काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीलाई १६.८४२१०५२६ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ को नाफाबाट चुक्ता पुँजीको १६.८४२१०५२६ प्रतिशतका दरले कुल १९ करोड ७९ लाख २० हजार ४२७ रुपैयाँ ७९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
त्यस्तै, बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावसमेत गरेको छ। प्रस्तावित लाभांश कम्पनीको आगामी ५२औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।
कम्पनीले आगामी पुस २१ गते मंगलबार ५२औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णयसमेत गरेको छ।
वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १ देखि २१ गतेसम्म सेयर दाखिला खारेज दर्ता किताब (बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।