मंगलवार, मंसिर ८,२०८३ 05:23:28
  • मंगलवार, मंसिर ८,२०८३ 05:23:28
Global IME Bank Limited

बुढानीलकण्ठमा ९२ कोठाको अन्तर्राष्ट्रिय ब्रान्ड ‘आइबिस स्टाइल्स’ होटल बन्ने, एक्कोरसँग सम्झौता

Bizshala
बुढानीलकण्ठमा ९२ कोठाको अन्तर्राष्ट्रिय ब्रान्ड ‘आइबिस स्टाइल्स’ होटल बन्ने, एक्कोरसँग सम्झौता
New Office

 

काठमाण्डौ । नेपालको होटल तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्ड विस्तार हुने क्रमसँगै काठमाण्डौको बुढानीलकण्ठमा ९२ कोठाको ‘आइबिस स्टाइल्स’ (ibis Styles) होटल निर्माण गर्ने तयारी अघि बढेको छ।

होटल व्यवसायी तथा होटल सब्रिना लिमिटेडका अध्यक्ष निराजन थापाले विश्वप्रसिद्ध फ्रान्सेली होटल समूह एक्कोर (Accor) सँग नयाँ होटल विकास तथा व्यवस्थापनका लागि साझेदारी गरेका हुन्।

बुढानीलकण्ठमा प्रस्तावित ९२ कोठाको आइबिस स्टाइल्स होटल विकास तथा व्यवस्थापनका लागि थापा र एक्कोर समूहअन्तर्गतको एएपीसी इन्डिया होटल म्यानेजमेन्ट कम्पनी प्रालिबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

यो सम्झौतासँगै थापाको नेतृत्वमा एक्कोर समूहका दुई फरक अन्तर्राष्ट्रिय होटल ब्रान्ड काठमाण्डौमा विस्तार हुने भएका छन्।

यसअघि नै थापाको नेतृत्वमा होटल सब्रिना लिमिटेडअन्तर्गत एक्कोरको प्रिमियम लाइफस्टाइल ब्रान्ड ‘ट्राइब काठमाण्डौ’ (TRIBE Kathmandu) परियोजना अघि बढिरहेको छ।

 

CG Motors
Garima Development Bank
IME remit

प्रस्तावित ट्राइब काठमाण्डौ होटलमा १०१ वटा कोठा रहनेछन्। होटलमा क्यासिनोसहित आधुनिक आतिथ्य तथा लाइफस्टाइल सुविधाहरू उपलब्ध गराउने योजना छ।

उक्त परियोजनालाई सन् २०२७ को अन्त्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

नयाँ आइबिस स्टाइल्स परियोजना र निर्माणाधीन ट्राइब काठमाण्डौसहित थापाको नेतृत्वमा कुल १९३ कोठा क्षमताका दुई अन्तर्राष्ट्रिय ब्रान्डका होटल विकासको प्रक्रिया अघि बढेको छ।

दुवै परियोजनाले नेपालको होटल व्यवसायमा अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

त्यस्तै, यी होटल सञ्चालनमा आएपछि पर्यटन पूर्वाधार विस्तार, रोजगारी सिर्जना, लगानी प्रवर्द्धन तथा विदेशी पर्यटक आकर्षित गर्न योगदान पुग्ने विश्वास गरिएको छ।

यद्यपि, बुढानीलकण्ठमा प्रस्तावित आइबिस स्टाइल्स होटलको कुल लगानी, निर्माण सुरु हुने मिति तथा सञ्चालनमा आउने समयसीमाबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.