मंगलवार, मंसिर ८,२०८३ 05:35:14
  • मंगलवार, मंसिर ८,२०८३ 05:35:14
Global IME Bank Limited

५.९९ प्रतिशत ब्याजमै घर बनाउने सपना पूरा गर्दै सिटिजन्स बैंक, २५ वर्षसम्मको अवधिमा ५ करोडसम्म कर्जा

Bizshala
५.९९ प्रतिशत ब्याजमै घर बनाउने सपना पूरा गर्दै सिटिजन्स बैंक, २५ वर्षसम्मको अवधिमा ५ करोडसम्म कर्जा
New Office

काठमाण्डौ । आफ्नै घर होस् भन्ने सपना प्रायः सबैको हुन्छ । तर, घरजग्गाको महँगो मूल्य, एकैपटक ठूलो रकम जुटाउनुपर्ने बाध्यता र बैंकको चर्को ब्याजदरका कारण धेरैको यो सपना वर्षौंसम्म अधुरै रहन्छ ।

नियमित आम्दानी भए पनि घर खरिद वा निर्माणका लागि आवश्यक रकम एकमुष्ट जुटाउन नसक्नेहरूका लागि बैंकको घर कर्जा एउटा विकल्प बन्न सक्छ । अझ कर्जाको ब्याजदर कम र भुक्तानी अवधि लामो भए मासिक किस्ताको भार व्यवस्थापन गर्न सहज हुन्छ ।

यही आवश्यकतालाई सम्बोधन गर्ने गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आकर्षक ब्याजदर र लचिलो भुक्तानी अवधिसहितको ‘सिटिजन्स होम लोन’ योजना उपलब्ध गराउँदै आएको छ ।

बैंकका अनुसार ग्राहकले वार्षिक ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा लिन सक्नेछन् । ग्राहकको आवश्यकता र स्वीकृत कर्जाको आधारमा न्यूनतम ५ लाखदेखि अधिकतम ५ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराईने बैंकका होम लोन प्रडक्ट म्यानेजर सुशन देवकोटाले बताए ।  

‘सिटिजन्स बैंकले उपलब्ध गराउँदै आएको घर कर्जाको अर्को मुख्य र आकर्षक विशेषता भनेको लामो भुक्तानी अवधि हो’ उनले भने, ‘बैंकले स्वीकृत ग्राहकलाई न्यूनतम एक वर्षदेखि अधिकतम २५ वर्षसम्मको कर्जा अवधि उपलब्ध गराउनेछ ।’  

यसले नियमित आम्दानी भएका जागिरे, व्यवसायी तथा स्वरोजगार व्यक्तिलाई आफ्नो आम्दानी र भुक्तानी क्षमताअनुसार कर्जा व्यवस्थापन गर्ने अवसर दिने देवकोटाले बताए ।

घर बनाउनेदेखि जग्गा र अपार्टमेन्ट किन्न सम्म कर्जा

सिटिजन्स बैंकको घर कर्जा नयाँ घर निर्माणमा मात्रै सीमित छैन । ग्राहकको आवासीय आवश्यकताअनुसार विभिन्न प्रयोजनका लागि कर्जा लिन सकिन्छ ।

बैंकका अनुसार जग्गा खरिद, जग्गासहितको घर खरिद, आफ्नै जग्गामा नयाँ घर निर्माण तथा डेभलपर वा निर्माण कम्पनीले बनाएका बंगला र अपार्टमेन्ट खरिद गर्न यो सुविधा उपयोग गर्न सकिन्छ ।

यसका अतिरिक्त पहिले नै बनेको घर मर्मत, विस्तार वा स्तरोन्नति गर्न चाहनेले पनि कर्जा लिन सक्ने देवकोटाले बताए ।

‘यसअघि खरिद गरिएको घरजग्गाको पुनर्वित्तीयकरणका लागि समेत बैंकले घर कर्जाको सुविधा उपलब्ध गराउनेछ’ उनले भने, ‘अर्थात्, पहिलोपटक घर किन्ने व्यक्तिदेखि पुरानो घरको स्तरोन्नति गर्न चाहनेसम्मका लागि यो योजना उपयोगी हुनेछ ।’

CG Motors
Garima Development Bank
IME remit

पहिलोपटक घर किन्नेले ८० प्रतिशतसम्म कर्जा पाउने

सिटिजन्स बैंकले पहिलोपटक घर खरिद गर्ने ग्राहकलाई बैंकको स्वीकृत मूल्यांकनकर्ताले निर्धारण गरेको धितोको मुल्यांकनको अधिकतम ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

उदाहरणका लागि कुनै घरको बैंकबाट स्वीकृत धितो मूल्यांकन १ करोड रुपैयाँ भएमा पहिलोपटक घर खरिद गर्ने योग्य ग्राहकले अधिकतम ८० लाख रुपैयाँसम्म कर्जा पाउन सक्छन् ।

पहिलोपटक घर खरिद गर्नेबाहेक अन्य आवासीय प्रयोजनमा धितोको मूल्यांकनको अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने व्यवस्था रहेको देवकोटाले बताए ।

‘जग्गा मात्रै खरिद गर्ने प्रयोजनमा भने अधिकतम कर्जा सीमा धितोको मुल्यांकनको ५० प्रतिशत निर्धारण गरिएको छ’ उनले भने, ‘सिटिजन्स बैंकले घरजग्गा खरिद तथा आवासीय प्रयोजनका लागि प्रदान गर्ने कर्जाको सीमा धितो सम्पत्तिको मूल्यांकनका आधारमा निर्धारण गर्ने व्यवस्था गरेको छ ।’

स्थिर वा परिवर्तनशील ब्याजदर रोज्न सकिने

सिटिजन्स बैंकले घर कर्जामा दुई प्रकारका ब्याजदरको विकल्प उपलब्ध गराएको छ । पहिलो, वार्षिक ५.९९ प्रतिशत स्थिर ब्याजदर ।

दोस्रो, ग्राहकको जोखिमको स्तर विश्लेषण गरी, बैंकको आधार दरमा न्युनतम ०.५० प्रतिशत प्रिमियम थपिने परिवर्तनशील ब्याजदर ।

परिवर्तनशील ब्याजदर रोज्ने ग्राहकको ब्याज लागत बैंकको आधार दरमा आउने परिवर्तनसँगै घटबढ हुन सक्ने देवकोटाले बताए ।

जागिरेदेखि व्यवसायीसम्मलाई कर्जाको अवसर

यो कर्जा लिनका लागि ग्राहकको नियमित आम्दानीको स्रोत हुनुपर्ने बैंकले जनाएको छ ।

तलबभत्ता प्राप्त गर्ने जागिरे तथा आफ्नै व्यवसाय वा स्वरोजगारमा संलग्न नेपाली नागरिक यो कर्जाका लागि योग्य हुने देवकोटाले बताए ।  

देवकोटाका अनुसार धितो राखिने घर वा जग्गामा प्रचलित सरकारी नियमअनुसार सवारीसाधन पुग्ने सडकको पहुँचसमेत हुनुपर्नेछ ।

यसले आम्दानीका आधारमा कर्जा लिन सकिने भए पनि धितोको अवस्था, कानुनी कागजात र भुक्तानी क्षमताको मूल्यांकन उत्तिकै महत्त्वपूर्ण रहने देखाउँछ ।

घर कर्जा लिन के–के कागजात चाहिन्छ ?

सिटिजन्स बैंकका अनुसार घर कर्जा आवेदनका लागि व्यक्तिगत परिचय, धितो सम्पत्ति तथा आम्दानी पुष्टि गर्ने कागजात आवश्यक पर्छन् ।

व्यक्तिगत कागजातअन्तर्गत नागरिकता प्रमाणपत्र, स्थायी लेखा नम्बर (प्यान) तथा आवश्यकता अनुसार विवाह दर्ता प्रमाणपत्र पर्छन् ।

धितो सम्पत्तिसँग सम्बन्धित लालपुर्जा, मालपोत तिरेको रसिद, निर्माण इजाजतपत्र, नक्सापास र निर्माण सम्पन्न प्रमाणपत्र लगायतका कागजात आवश्यक पर्न सक्छन्।

त्यस्तै, आम्दानी पुष्टि गर्न तलब प्रमाणपत्र, घरभाडा सम्झौता, पेन्सनसम्बन्धी कागजात, रेमिट्यान्स आम्दानीको प्रमाण तथा व्यवसायसम्बन्धी वित्तीय विवरण पेस गर्न सकिनेछ ।

व्यवसायीको हकमा आवश्यकताअनुसार लेखापरीक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणपत्रसमेत माग हुन सक्छ । आम्दानीसम्बन्धी विवरणलाई सम्बन्धित कर कागजातले पुष्टि गरेको हुनुपर्ने व्यवस्था छ ।

देशभरका २०० शाखाबाट कर्जा सुविधा

सिटिजन्स बैंकले यो घर कर्जा सुविधा देशभर रहेका आफ्ना २०० शाखामार्फत उपलब्ध गराउने जनाएको छ ।

यसले काठमाण्डौ उपत्यकामा मात्रै नभई देशका अन्य स्थानमा घर निर्माण वा खरिदको योजना बनाएका ग्राहकलाई पनि बैंकसँग सम्पर्क गरेर कर्जाबारे जानकारी लिन सहज बनाउनेछ ।

विशेषगरी नियमित आम्दानी हुने तर घर खरिदका लागि एकमुष्ट रकम जुटाउन कठिनाइ भोगिरहेका ग्राहकका लागि लामो अवधिको किस्ताबन्दी कर्जा उपयोगी विकल्प बन्न सक्छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.