बिहीबार, बैशाख १०,२०८३ 03:12:20
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 03:12:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सबैको लघुवित्तद्वारा नवलपरासीको अरुण खोलामा तालिम सम्पन्न

Bizshala
सबैको लघुवित्तद्वारा नवलपरासीको अरुण खोलामा तालिम सम्पन्न
Shivam Cement

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको अरुणखोला शाखाका आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा तालिम सम्पन्न गरेको छ । संस्थाले जेठ ३ गते बिहीबार नवलपरासी जिल्लाको मध्यविन्दू महानगरपालिका–१०, अरुण खोलामा ‘फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर बनाउने तालिम’सम्पन्न गरेको हो ।  

यस तालिममा प्रशिक्षकको भूमिकामा बालकृष्ण सापकोटा, पवनकुमार श्रेष्ठ, सृजन पौडेल, जुद्ध बहादुर बूढाथोकी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेलले जानकारी दिए ।  

ह्याण्डवाश बनाउन चाहिने सामग्री, ह्याण्डवाश बनाउन चाहिने कच्चा पदार्थहरुको उपलब्धता, मूल्य, ट्वाइलेट क्लिनर बनाउन चाहिने सामग्री, ट्वाइलेट क्लिनर बनाउन चाहिने कच्चा पदार्थको उपलब्धता, मूल्य, फिनेल बनाउन चाहिने सामग्री, फिनेल बनाउन चाहिने कच्चा पदार्थहरुको उपलब्धता, मूल्य, संस्थाले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, वित्तीय साक्षरता आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेलले बताए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मध्यविन्दू नगरपालिका १० का वडाध्यक्ष रण बहादुर थापाले पानसमा दीप प्रज्वलन गरी तालिमको उदघाटन गरेका थिए ।

तालिममा उपस्थित सहभागीहरुलाई सबैको लघुवित्त वित्तीय संस्थाका सामान्य सेवा विभागका विभागीय प्रमुख रत्न प्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । तालिमको उद्देश्य, महत्वतथा संस्थाको ।

सबैको लघुवित्त वित्तीय संस्थाले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखाकार्यालयहरु, ५ मुकाम कार्यालय, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ९७ कार्यालयहरुको सञ्जालहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.