काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिनेछ ।
इच्छुक लगानीकर्ताले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ। आवेदन पेश गर्ने अन्तिम मिति जेठ २२ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।