बुधबार, माघ ९,२०८१ 03:43:51
IME remit
  • बुधबार, माघ ९,२०८१ 03:43:51
IME remit
Global IME Bank Limited

कृषि विकास बैंकको अझै २०% सेयर डिम्याट हुन बाँकी, यस्तो छ कारण

Hyundai Nepal
कृषि विकास बैंकको अझै २०% सेयर डिम्याट हुन बाँकी, यस्तो छ कारण
Nabil Bank Limited

काठमाण्डौ । विस २०६७ सालमा सीडीएसीको स्थापना भएसँगै नेपालमा सेयरको अभौतिकरणका काम सुरु भएको हो । त्यस अघि कागजी रुपमा नै सेयर कारोबार हुने गर्थ्यो । सीडीएससी भनेको पैसा जम्मा गर्ने बैंक जस्तै सेयर जम्मा गर्ने सेयरको बैंक हो ।  

विस २०६७ यता सेयरको कागजी कारोबार बन्द भएको छ । अहिले सम्पूर्ण सेयर, सेयर क्यापिटलमा जम्मा हुन्छ र त्यसको तथ्यांक सीडीएसीले राख्ने गर्छ । सेयर लगानीकर्ताहरुले आफ्नो सेयर संख्याको जानकारी आफ्नो डीपीमार्फत पैसाको स्टेट्मेन्ट जसरी पाउने गर्छन् । यस्तो सेयर संख्या लगानीकर्ताले मेरोसेयर मार्फत हेर्न तथा आफै स्टेट्मेन्ट निकाल्न समेत सक्छन् ।  

हाल सञ्चालनमा रहेका १९ वटा वाणिज्य बैंकहरमध्ये अधिकांशले सेयर डिम्याट गरिसकेका छन् । तर सरकारी स्वामित्वको कृषि विकास बैंकको डिम्याट भने अझै २० प्रतिशत हुन बाँकी रहेको देखिन्छ । सीडीएससीले दिएको तथ्यांकअनुसार बैंकको चुक्तापूँजी १३ अर्ब ४५ करोड १६ लाख कित्ताको ४९ प्रतिशतले हुन आउने ६ करोड ५९ लाख १३ हजार २०३ कित्ता सेयर सूचीकृत रहेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

जसको ८० प्रतिशत मात्रै अर्थात ५ करोड ३१ लाख ४७ हजार ८३६ कित्ता सेयर सीडीएससीमा अभौतिकरण भएको छ । बैंकको १ करोड २७ लाख ६५ हजार ३६७ कित्ता सेयर अझै अभौतिकरण हुन बाँकी रहेको देखिन्छ ।  

यस विषयमा कृषि विकास बैंकको गुनासो शाखाका अधिकृत हिरा बहादुर आलेले कृषि विकास बैंकको २०६२ सालमा आईपीओ निष्कासन भएको र त्यस बेला आईपीओ भर्नेहरु दुर्गम ठाँउका पनि भएकाले सबै लगानीकर्ता अभौतिकीरण गर्न नआएको आलेले जानकारी दिए । उनले भने ‘ हाम्रा धेरै लगानीकर्ताहरुले अझै पनि सेयर सिरानी वा बाकसमा हालेर राखेको कारण सेयरको डिम्याट हुन नसकेको हो ।’  

सीडीएससीकै एक उच्च अधिकारीका अनुसार त्यसबेला कृषि विकास बैंकमा कर्जा लिनेलाई पनि सेयर दिइएको थियो । कर्जा लिनेले सेयर भन्ने थाहा नपाएर अहिलेसम्म अभौतिकीकरण नगरेको हुन सक्ने उनले बताए ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.