काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका वडा नं.२२ मा अवस्थित क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्कुल ब्याग वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ १७ गतेका दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यज्ञ रत्नशाक्य,संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी,सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग तथा यस संस्थाका अन्य कर्मचारीहरु तथा सो विद्यालयका शिक्षक–शिक्षिकाहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस संस्थाले विगत देखिनै सामाजिक कार्य गर्दै आईरहेकोे जनाएको छ ।
संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी एटीएम सेवा, मोबाइल बैकिङ सेवाहरु जस्ता आधुनिक बैकिङ सेवाहरु समेत प्रदानगर्दै आईरहेको छ ।