काठमाण्डौ । विस २०५९ जेठ ३० गतेबाट विधिवत कारोबार सञ्चालन गरेको गुहेश्वरी मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्स २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत ६ वर्ष देखि वार्षिक रुपमा बुंगमती, ललितपुरमा स्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोगलाई आगामी वर्षको लागि पनि निरन्तरता दिइने गरी सो संस्थासंग सम्झौता सम्पन्न गरेको छ ।
साथै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाको २२ औं वार्षिकोत्सव उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सचांर सेवा केन्दको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।
संस्थाको प्रधान कार्यालय समेत २३ शाखा कार्यालयहरु र ४ एक्सटेन्सन काउन्टरहरुबाट बैंकिङ सेवाहरु जस्तै एटीएम सेवा, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, ईसीसी, आरटीएस सेवा, कनेक्ट आईपीएस सेवा, कर्पोरेट पे सेवा, क्यूआर पेमेन्ट सेवा सेफ डिपोजिट लकर सुविधा, टप अप सुविधा, विभिन्न विप्रेषण सेवा तथा डीपी सेवा र सी–आस्वा सेवा प्रदान गर्दैैै आईरहेको छ ।