सोमबार, असार २,२०८२ 11:42:39
  • सोमबार, असार २,२०८२ 11:42:39
Global IME Bank Limited

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

Hyundai Nepal
कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । जेठ ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी असार १९ गते बुधबारका दिन विरगञ्जमा रहेको बैंकको प्रधान कार्यालयमा बिहान ७.१५ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले असार १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.