आईतवार, बैशाख ६,२०८३ 12:40:24
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 12:40:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा जित्यो ८ अवार्ड

Bizshala
प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा जित्यो ८ अवार्ड
Shivam Cement

काठमाण्डौ । अन्तरराष्ट्रिय एअरलाईन्स् टिकेटिङ सेवा प्रदान गर्दै आएको प्रवास ट्राभल एण्ड टुर्सले यस वर्ष विभिन्न एअरलाईन्स्बाट गएको ६ महिनामा ८ अवार्ड जित्न सफल भएको छ । टर्किस एयरलाइन्स, एयर चाइना, श्रीलंकन एयरलाइन्स, चाइना साउदर्न, थाई एरवेज, क्याथे प्यासिफिक, मलेसियन एयरलाइन्स र सिंगापुर एअरलाईन्स वाट विभिन्न विधामा प्रवास ट्राभलले ८ अवार्ड जित्न सफल भएको हो ।

आफ्नो स्थापना काल देखि निरन्तर विभिन्न किसिमका अवार्डहरु प्राप्त गर्न सफल प्रवास ट्राभल एण्ड टुर्सले २०२३ र २०२४ मा विभिन्न अन्तर्राष्ट्रिय एअरलाईन्सको एअर टिकट बिक्री गर्दाको संख्या मूल्य र सेवाका आधारमा विभिन्न वायुसेवा कम्पनीले प्रदान गर्ने अवार्ड जित्ने क्रममा यो उपलब्धि हासिल गर्न सफल भएको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

हालै आफ्नो स्थापनाको १० औं वार्षिकोत्सव मनाएको प्रवास ट्राभल एण्ड टुर्सले आफ्नो अनलाईन ट्राभल पोर्टल फ्लाईट्स नेपाल डट कमको सेवामा थप अभिवृद्धि गरेको छ भने प्रवास होलिडेज्को स्थापना तथा सञ्चालन समेत शुरु गरेको छ । थप विशेषता र अतिरिक्त सुविधा सहित संचनालमा ल्याईएको ट्राभल पोर्टल फ्लाईट्स नेपाल डट कम बाट विश्वभरको जुनसुकै कुनमा बसेर सजिलै अन्तर्राष्ट्रिय तथा डोमेस्टिक एअर टिकट खरिद गर्न सकिनेछ भने आवश्यक परेको खण्डमा २४ घण्टा ग्राहक सेवा उपलब्ध रहेको प्रवास ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक प्रकाश लोहनीले बताए ।

सस्तो एयर फेयर, अधिक क्यास ब्याक, विभिन्न अफर तथा छुटहरू, सेवामा बलियो प्रतिबद्धता लगायतका कारणहरूले नेपाली ट्राभल ट्रेडमा प्रवास ट्राभल विश्वाससनिय नाउँ बन्न सफल भएको कम्पनीले जनाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.