काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)प्रेम बहादुर पाठकको राजीनामा स्वीकृत भएको छ । संस्थाको जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकले पाठकको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनको राजीनामा असार १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको संस्थाले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                