सोमबार, असार २,२०८२ 11:58:24
  • सोमबार, असार २,२०८२ 11:58:24
Global IME Bank Limited

राजधानीका पेट्रोल पम्पहरुमा लम्बेतान लाइन,पेट्रोल र डिजेलको अभाव हुन थाल्यो

Hyundai Nepal
राजधानीका पेट्रोल पम्पहरुमा लम्बेतान लाइन,पेट्रोल र डिजेलको अभाव हुन थाल्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण राजधानीका निजी पेट्रोल पम्पहरु बन्द भएपछि सरकारी पेट्रोल पम्पहरुमा लामो लाइन लागेको छ ।  

सरकारी स्वामित्वका सीमित पेट्रोल पम्पहरु मात्रै खुल्दा पम्प बाहिर आम सर्वसाधारणका लामो लाइन लागेको हो ।  

अधिकांश निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री वितरण बन्द गरेका छन् । नेपाली सेना र नक्शालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पबाट भने बिक्री भइरहेको छ । यी पेट्रोल पम्पहरुमा बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तोमा काठमाण्डौको भद्रकालीमा नेपाली सेनाद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल पम्पमा पनि पेट्रोल र डिजेल अभाव भएको छ । पेट्रोल र डिजेल अभाव भएपछि आम सर्वसाधारण समस्यामा परेका छन् ।  

चालक संघको आन्दोलनका कारण सर्वसाधारणले सास्ती भोगिरहेको र यसले दैनिक जीवन नै प्रभावित बनिरहेको आम सर्वसाधारणले गुनासो गरेका छन् । बढ्दो गर्मीमा लामो समयसम्म लाइनमा लाग्दा निकै कठिनाईको सामना गरिरहनु परेको उनीहरुले बताएका छन् ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.