बुधबार, चैत्र २०,२०८१ 12:46:23
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:46:23
IME remit
Global IME Bank Limited

यी हुन् सेयर किन्नु अघि र किनेपछि ध्यान दिनुपर्ने विषय, अहिले कस्ता कम्पनीमा लगानी गर्दा उचित ?

Hyundai Nepal
यी हुन् सेयर किन्नु अघि र किनेपछि ध्यान दिनुपर्ने विषय, अहिले कस्ता कम्पनीमा लगानी गर्दा उचित ?
Nabil Bank Limited

काठमाण्डौ । अहिले लामो समयदेखि सेयर बजार साइडवेजमा चलेको छ । लामो समय १८ सय देखि २२ सय सम्म आएको बजार हाल २०९५ को विन्दुमा बन्द भएको छ । खास गरि अहिले बजारमा लो क्याप भएका कम्पनीहरु मात्रै चलेका छन् । लगानीकर्ताहरुले कस्ता कम्पनीमा लगानी गर्ने ? भन्ने विषय लगानीकर्ताको स्वभावमा पनि भर पर्छ ।  

विशेष गरी सेयर बजारमा लगानीकर्ता २ प्रकारका हुन्छन । एक थरिका लगानीकर्ता भनेको अधिक जोखिम लिने र अर्को भनेका कम जोखिम  लिने खालका  हुन्छन् । अधिक जोखिम लिनेले उच्च उतारचढाव भएका कम्पनी छान्ने गर्छन । यस्ता लगानीकर्ताले प्राविधिक विश्लेषणको आधारमा कम्पनीको मार्केट् ट्रेन्ड र कम्पनीको मुमेन्ट हेरेर लो क्याप कम्पनीमा लगानी गर्छन ।  

त्यसैगरि, दोस्रो थरिका लगानीकर्ता भनेको कम जोखिम लिने स्वभावका हुन्छन् । यी लगानीकर्ताले कम उतारचढाब भएका कम्पनी छनोट गर्छन । त्यसैले सेयर बजामा कम्पनीको छनौट गर्ने तौर तरिका व्यक्तिपच्छिे फरक हुन्छ । यो व्यक्तिको स्वभावमा पनि भर पर्छ ।  

अहिले कस्ता कम्पनीमा लगानी गर्ने ?

अहिले कस्ता कम्पनीमा लगानी गर्ने भन्ने विषय पनि लगानीकर्ताको स्वाभाव र लगानीकर्ताले लगानी गर्ने पैसाको स्रोतमा नै भर पर्छ । यदि अहिले कसैले मध्य तथा दीर्घकालको लागि लगानी गर्ने हो भने बजार मूल्य २ सय भन्दा तलका कम्पनी छनौट गर्दा उपयुक्त हुन सक्छ । किनकी विगतको बजारको वियरिस चक्रलाई हेर्ने हो भने यस्ता कम्पनीको सेयरमूल्य बुल बजारमा दोब्बर–तेब्बरसम्म पुगेको पाइन्छ ।  

त्यसैगरि, यदि कसैले अल्पकालका लागि सरसापट तथा ब्रोकर कै पैसाबाट सेयर किन्दै छ भने त्यस्ता व्यक्तिले लो क्याप भएका उच्च उतारचढावयुक्त कम्पनीहरु खरिद गर्नु उपयुक्त हुनसक्छ । किनकी यस्ता सेयर लगानीको लागि भन्दा पनि ट्रेड गर्ने उदेश्यले किनिएका हुन्छन् । यस्ता कम्पनीमा पैसा लगाउनु भन्दा पहिले प्राविधिक विश्लेषणमा राम्रो दख्खल राखेर किन्ने गर्नु पर्छ । यस्तो कम्पनीको सेयर किन्नु भन्दा पहिले नै बिक्रीको टार्गेट सेट गर्नुपर्छ । र आफ्नो टार्गेट पूरा भए पछि थप लोभ नगरि सेयर सल्टाउनु नै उपयुक्त हुन्छ ।  

सेयर किन्नु भन्दा पहिले के कुरामा ध्यान दिने ?

- सेयर किन्नु भन्दा पहिले लगानीको उदेश्य तय गर्नुपर्छ । अल्पकालका लागि लगानी गर्ने हो वा दीर्घकालका लागि भन्ने निश्चित हुनुपर्छ ।  

- आफूसँग पूँजी कति छ त्यसको पहिचान गर्ने र सबै पैसा एकपटक लगानी नगर्ने  

- कम्पनीको आन्तरिक विश्लेषण जस्तै, कम्पनीको  चुक्तापूँजी , जगेडा कोष , प्रतिसेयर आम्दानी, पीई रेसियो र खराव कर्जा हेर्ने,  

- कम्पनीको बाह्य विश्लेषण जस्तै, सेयरको मूल्यमा के कारणले उतार चढाव आईरहेको छ र सो कम्पनीप्रति आम सर्वसाधारणको दृष्टिकोण कस्तो छ भन्ने बारे राम्ररी  बुझ्ने,

Shivam Cement
Bizshala
CG Motors

सेयर किने पछि ध्यान दिनु पर्ने विषय  

सेयर किने पछि पनि लागनीकर्ताहरुले धेरै विषयमा ख्याल गर्नु पर्छ । यदि अल्पकालिन ट्रेडर हो भने उसले आफूले किनेको सेयर कुन समूह तथा ब्रोकरबाट किनबेच भएको छ भनेर दैनिक ट्रेडर फ्लोरसिट र ब्रोकर होल्डिङ नियाल्नु पर्छ । यदि ठूला ब्रोकरबाट एकैपटक कम ट्रान्जेक्सनमा ठूलो भोल्युममा बिक्री हुन थालेमा सचेत हुने ।

यदि दीर्घकालिन लगानकर्ता हो भने निम्न विषयमा ख्याल गर्नेः  

- हरेक दिन आर्थिक पत्रपत्रिका तथा अनलाइन पोर्टल हेर्ने,  

- प्रत्यक दिन बजार मूल्य नियाल्ने,  

- कम्पनीले जारी गरेको सूचना तथा त्रैमासिक विबरण हेर्ने,  

- साधारण सभामा भाग लिने,  

- आफूसँग भएको सेयरको मूल्य घट्ने सम्भावना देखियो भने बेच्ने र बड्ने सम्भावना रहेमा होल्ड गर्ने वा अझै बढ्छ जस्तो लागेमा थप  किन्ने  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.