सोमबार, बैशाख ८,२०८२ 03:28:43
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 03:28:43
IME remit
Global IME Bank Limited

राजेश हमाल बने ‘राठीकोल’को ब्रान्ड एम्बासडर

Hyundai Nepal
राजेश हमाल बने ‘राठीकोल’को ब्रान्ड एम्बासडर
Nabil Bank Limited

काठमाण्डौ ।  ‘महानायक’को रूपमा परिचित अभिनेता राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।  

मङ्गलवार काठमाडौंको पाँचतारे मेरियट होटेलमा आयोजित एक पत्रकार भेटघाट समारोहबीच राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठी र अभिनेता हमालले सम्झौतापत्रमा हस्ताक्षर गरे।  

हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन्।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

हमाललाई एम्बासडर नियुक्त गरेपश्चात् राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठीले ‘राठी’ ब्रान्डले चलचित्रमा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताए। उनले हमाललाई ब्रान्ड एम्बासडरको रूपमा स्वागत गर्दै यो सहकार्यले नेपाली चलचित्र र समाजका लागि महानायकको प्रतिबद्धता र ‘राठिकोल’को उत्कृष्टताको प्रतिबद्धतासँग उत्तम रूपमा मेल खाने विश्वास व्यक्त गरे।

अध्यक्ष राठीले ‘राठीकोल’ एढेसिभ उत्पादन गुणस्तरको हिसाबमा पनि पहिलो र उत्पादनको हिसाबमा पनि पहिलो रहेको बताए। “आज यो उत्पादनलाई लाखौँ कालिगडहरूले विश्वास गरेर प्रयोग गरिरहेका छन् भने हजारौँ बिक्रेताहरूले बेचिरहेका छन्। विगत ३५ वर्षदेखि निरन्तर प्रयोग हुनु भनेको सानो कुरा होइन। विदेशी कम्पनीहरूको उत्पादनले लिएको बजारको प्रतिस्पर्धामा हामीले राठीकोललाई स्थापित गर्न सक्षम भएका छौँ,” उनले भने, “राजेश हमाल पनि जसरी दशकौँदेखि नेपाली चलचित्रमा पहिलो नम्बरको अभिनेता हुनुहुन्छ। उहाँ पनि एक नम्बर, हामी पनि एक नम्बर। हाम्रो काम नै जोड्ने हो। उहाँलाई हामीले हमालजीलाई यो ब्रान्डसँग जोडेर यसबारेमा थाहा नपाउनुभएका आम मानिसहरूलाई पनि जानकारी दिन उहाँलाई एम्बासडर बनाएका छौँ।”  

उनले राठीकोल नेपालको हिमालदेखि तराईका सबै मौसमहरु र जुनसुकै तापक्रममा उपयुक्त हुने जानकारी दिए।

अभिनेता हमालले ‘राठीकोल’लाई ‘नेशनल प्राइड’को रूपमा सम्बोधन गर्दै नेपालमा यो गुणस्तरको उत्पादन हुनु सबै नेपालीको लागि गर्वको कुरा रहेको बताए।  

उनले कैयन विदेशी ब्रान्डहरूलाई जित्दै आफ्नो वर्चस्व कायम गर्न सफल रहेको बताउँदै यसको गुणस्तरको विश्वास लिएपछि मात्र एम्बासडर बन्न राजी भएको बताए। उनले भने, “निकै वर्ष पहिले ‘राठीकोल’को चाखलाग्दो विज्ञापन आउँदा नै मैले यो ब्रान्डबारे थाहा पाएको थिएँ, पछिसम्म मेरो मानसपटलमा यो रहिरहेको रहेछ।”

राठीकोलसँगको सहकार्यबारे बोल्दै हमालले भने, “यो बिन्दुमा आएर यो ब्रान्डसँग जोडिन पाउँदा निकै खुसी लागेको छ। कुनै एउटा उत्पादनले जुन विश्वास उपभोक्तामा दिलाएर बसेको छ, त्यो ब्रान्डसँग सहकार्य गर्न पाउनु गर्वको कुरा हो। मैले मात्र यो ब्रान्डलाई खोजेको छैन, यो ब्रान्डले पनि मलाई खोजेको छ। म आभारी छु।”

राठीकोलका सिइओ योगेश राठीले हमालको चलचित्र यात्रा र राठीकोलको उत्पादनको यात्रा बराबर ३५ वर्ष रहेको उल्लेख गर्दै निरन्तर सहकार्यमा रहने बताए।

राठी ग्रुपको इतिहास १३० वर्ष पुरानो छ र सामान्यतया स्विच, केबल, बल्ब, हार्डवेयर र राठीकोलका लागि चिनिँदै आएको छ। ‘राठीकोल’ राठी ग्रुपको एक प्रमुख उत्पादन मध्ये एक हो, जसले गुणस्तरीय चिपकने(टासिने) पदार्थ (एढेसिभ) उत्पादनका रूपमा आफूलाई स्थापित गरेको छ, यो उत्पादन मुख्यतया फर्निचर बनाउने काममा प्रयोग हुने काठको कामका लागि प्रयोग हुन्छ। साथै अन्य फ्रेमिङका कामहरूमा पनि राठीकोल प्रयोग गर्न सकिन्छ।  

यो विगत ३५ वर्ष देखि उत्पादन भई बजारमा आइरहेको छ। नेपालमा सबैभन्दा ठूलो चिपकने(टास्ने) पदार्थको कारखानाको रूपमा राठीकोलको कारखाना रहेको छ।

यसको मुख्य नारा ‘टाँस्छ मज्जाले टाँस्छ’ रहेको छ। राठीकोल उत्पादनहरू प्रिमियम उड एढेसिभ, इकोनोमिकल उड एढेसिभ, साइनोएक्रिलेट (सुपरग्लु), क्राफ्ट एढेसिभ (बिषादीरहित), पारदर्शी एढेसिभ, इन्ड्रस्ट्रियल एढेसिभ, सिलिकन एसेटोक्सी क्यान र पाउच (न्युट्रल) तथा मास्किंग टेप, डक्ट टेप, ईभिए फोम टेप, कार्टुन टेप, डबल साइड टेप आदि हुन्।  

यी लगायतका उत्पादनहरूले विदेशी कम्पनीहरूले उत्पादन गरेका ब्रान्डहरूको आयात कम गराई देशको अर्थतन्त्रमा राठी समूहले उल्लेख्य योगदान पुर्‍याएको छ।

पत्रकार भेटघाट समारोहमा राठीकोलका सिइओ योगेश राठी, सेल्स एन्ड मार्केटिङका प्रमुख रिदम शाह लगायतको उपस्थिति थियो।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.