काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै कुल १३ लाख ८७ हजार २५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
संस्थापक सेयर खरिद गर्ने पहिलो हक संस्थापक सेयरधनीको हुने भएकाले संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।
सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।