काठमाण्डौ । कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सहयोग गरेको छ।
उपमहानगरले स्थापना गरेको नगरप्रमुख शैक्षिक सुधार कोषमा शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो। नमुना विद्यालयमा अध्ययनरत २५० जना बालबालिकाका लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख डिल्लीराज शर्माले नगरप्रमुख गोपाल हमाललाई १३ लाख १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
धनगढी उप–महानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सन्चालनका लागि छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा उक्त रकम सहयोग गरिएको हो।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                