काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० प्रतिशत अर्थात ६२ हजार ३३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनील गत आर्थिक वर्षका २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुृल १५ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही मध्येको १० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचकिृत भएको हो । यससँगै अब आगामी कारोबार अर्थात आइतबारदेखि कम्पनीको उक्त बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।