सोमबार, असार २,२०८२ 11:08:07
  • सोमबार, असार २,२०८२ 11:08:07
Global IME Bank Limited

अर्थ मन्त्रालय लथालिङ्ग, धितोपत्र बोर्ड र नेप्सेलाई हाईसञ्चो

Hyundai Nepal
अर्थ मन्त्रालय लथालिङ्ग, धितोपत्र बोर्ड र नेप्सेलाई हाईसञ्चो
Nabil Bank Limited

काठमाण्डौ ।देशको अर्थतन्त्र र यसप्रति चासो वा सरोकार हुनेहरुको तालुकदार मन्त्रालयका रुपमा रहेको अर्थमन्त्रालय प्रवक्ता र सूचना अधिकारीविहिन बनेको छ भन्दा कमैलाई विश्वास लाग्ला । तर अर्थमन्त्रालय एक साता भन्दा लामो समयदेखि प्रवक्ताविहिन बनेको छ । हाल सरकारले उत्तर कुमार खत्रीलाई प्रवक्ता नियुक्त गरेको छ ।  

तर उनको फोन भने अर्कै व्यक्तिले उठाउने गरेका छन् । फोन उठाउने व्यक्तिले आफू सूचनाको लागि  आधिकारिक व्यक्ति नभएको बताउँछन् । प्रवक्ता नभएको अबस्थामा जनतालाई सू–सूचित गर्ने काम सूचना अधिकारिबाट हुने गर्छ । हाल अर्थ मन्त्रालयमा सूचना अधिकारीलाई समेत सम्पर्क गर्न सकिदैन । यसले अर्थ मन्त्रालय कति लथालिङ्ग छ भन्ने पुष्टि गर्छ ।  

अहिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया चलेको छ । यसमा पनि अर्थ मन्त्रालय अलमलमा नै रहेको देखिन्छ । आजै मात्रै महान्यायधिवक्ताको कार्यालयले विकल्पसहित अध्यक्ष नियुक्तीको सुझाव दिएको छ । जसमा सिफारिस समितिले कम्मतीमा ३ जनाको नाम सिफारिस हुनुपर्ने सुझाव दिएको छ । यसले अब सरकारसँग पुनः ५ जनालाई व्यवसायिक कार्यपत्र प्रस्तुतिमा बोलाउने वा यो प्रक्रिया नै टुङग्याउने दुईवटा विकल्प बाँकी छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धितोपत्र बोर्ड अध्यक्षको लागि यस अघि नै २ पटक कार्यप्रत्र प्रस्तुत गर्न छनौट समिलिते बोलाईसकेको छ । तर २ पटकनै ३ जना उम्मेद्वार अनुपस्थित भएका थिए । अब पनि उनिहरु उपस्थित हुन्छन् भन्ने कुनै निश्चिन छैन ।  

अर्थमन्त्रीका सल्लाहाकार डा .सूर्य थापाले महान्यायधिवक्ताको कार्यलयले भर्खरै सुझाव दिएको कारण सरकार यसमा छलफलमा नै रहेको बताउँछन् । थापा भन्छन् ,‘अर्थमन्त्री यस विषयमा बोलिसक्नु भएको छ । सरकारले आवश्यक कदम अगाडि बढाउँछ ।’ उनको भनाईको आशयले सरकार अझै पनि अलमलमा नै रहेको छ । हाल धेरै जसो अर्थका सचिव तथा सह–सचिव विदेश भ्रमणमा रहेका छन् ।  

नेप्सेका अध्यक्ष तथा अर्थ मन्त्रालयका सह–सचिब शोभाकन्त पौडेल पनि लामो समयदेखि विदेश भ्रमणमा रहेको कारण नेप्से-३० जस्ता प्रक्रिया अर्थ मन्त्रालयकै टेबलमा रोकिएका छन् । यति मात्रै नभएर नेप्से पुनर्संरचनाको प्रक्रिया पनि अर्थ मन्त्रालयमा नै रोकिएको छ । हाल तालुकदार मन्त्रालय नै लथालिङग हुँदा धितोपत्र बोर्ड र नेप्सेलाई हाईसञ्चो भएको छ । यसैको फाइदा दोस्रो बाजारमा केही टाठा बाठाहरुले कम्जोर कम्पनीमा खेलेर उठाई रहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.