काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले लिलामीमा राखेको ३ लाख कित्ता बढी संस्थापक हकप्रद सेयरको बोलपत्र आज खोलिने भएको छ । उक्त गोप्य शिल्ड टेन्डर आज बिहान ११ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नक्सालमा रहेको कार्यालयमा खोलिने छ ।
कम्पनीले हकप्रद सेयर बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयर बाँडफाँड भई बाँकी रहेको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक सेयर गत असार ४ गतेदेखि ११ गतेसम्म लिलामीमाफर्त बिक्रीमा राखेको थियो । उक्त सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको थियो । बोलकबोल पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने व्यवस्था गरिएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।