सोमबार, असार २,२०८२ 02:37:30
  • सोमबार, असार २,२०८२ 02:37:30
Global IME Bank Limited

पाकिस्तानमा नोटबन्दी ! २० देखि ५००० रुपैयाँका नयाँ नोट ल्याउने उद्घोष

Hyundai Nepal
पाकिस्तानमा नोटबन्दी ! २० देखि ५००० रुपैयाँका नयाँ नोट ल्याउने उद्घोष
Nabil Bank Limited

काठमाण्डौ । नगदको समस्यासँग जुधिरहेको पाकिस्तानले २० रुपैयाँदेखि ५००० रुपैयाँसम्मको नयाँ नोट जारी गर्ने तयारी गरेको छ । यस्तो निर्णय पाकिस्तानी सरकारले बढ्दो नक्कली नोटको प्रयोगको समस्या समाधानका लागि गरेको समाचार एजेन्सीहरुले दाबी गरेका छन् ।  

स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमील अहमदले सुरक्षालाई मध्यनजर गर्दै नयाँ नोटहरुलाई एडभान्स फिचर्सका साथ बजारमा ल्याइने बताएका छन् । यस्तै, करेन्सी सिस्टमलाई थप आधुनिक बनाउनका लागि डिजाइन समेत अपडेट गरिनेछ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले यस्तो कदमको लक्ष्य पाकिस्तानको मौद्रिक प्रणाली, कारोबार तथा नागरिकबीच विश्वास पैदा गर्नु रहेको दाबी गरेका छन् ।  

गभर्नरले भनेका छन् कि नयाँ नोटहरुलाई पुराना नोटहरु बिस्तारै बिस्तारै विस्थापन गर्दै चलनचल्तीमा ल्याइनेछ ।  

पीटीआईकाअनुसार पाकिस्तानको केन्द्रीय बैंकले २००५ देखि नयाँ नोटहरु जारी गर्दै आएको छ । त्यहाँ २०, ५०, १००, ५००, १००० र ५००० रुपैयाँको नोट चलनचल्तीमा रहेका छन् ।  

मिडिया रिपोर्टहरुमा बताइएको छ कि वैश्विक अर्थतन्त्रसँग तालमेल मिलाउन तथा पाकिस्तानी रुपैयाँको वित्तीय अखण्डता सुनिश्चित गर्नका लागि केन्द्रीय बैंकले प्रतिबद्धता समेत जनाएको छ ।  

समाचारअनुसार नयाँ नोटहरुमा कैयन प्रकारका सुरक्षा सम्बन्धी विशेषताहरु थप गरिएका छन् । सरकारले नयाँ नोटमा यस्ता फिचर्स राखेको छ, जसको सजिलै नक्कल गर्न कसैले नसकोस् र नक्कली नोटको दबदबा बजारमा नबनोस् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.