शनिबार, बैशाख ६,२०८२ 10:39:37
IME remit
  • शनिबार, बैशाख ६,२०८२ 10:39:37
IME remit
Global IME Bank Limited

पुश चौपायामा कार्बन कर लगाउने विश्वकै पहिलो देश बन्यो डेनमार्क, प्रति गाई सय डलर तिर्नुपर्ने

Hyundai Nepal
पुश चौपायामा कार्बन कर लगाउने विश्वकै पहिलो देश बन्यो डेनमार्क, प्रति गाई सय डलर तिर्नुपर्ने
Nabil Bank Limited

काठमाण्डौ । डेनमार्क पुश चौपायामा कार्बन कर लगाउने विश्वकै पहिलो देश बनेको छ । डेनमार्कको गठबन्धन सरकारले यो साता कृषि क्षेत्रमा विश्वकै पहिलो कार्बन उत्सर्जन कर लागू गर्ने निर्णय गरेको हो ।  

यो व्यवस्था सन् २०३० देखि कार्यान्वयनमा आउनेछ । यससँगै डेनमार्कका डेरी किसानहरुले प्रत्येक गाईको ६७२ डेनिस क्रोन(९६ डलर)करको रुपमा तिर्नुपर्नेछ । किसानहरुले गाईले उत्सर्जन गर्ने कार्बनको लागि यो कर तिर्नुपर्नेछ ।  

डेनमार्क विश्वको सबैभन्दा ठूलो डेरी र पोर्क निर्यातकर्ता देश हो । कृषि क्षेत्र कार्बन उत्सर्जन गर्ने डेनमार्कको सबैभन्दा ठूलो क्षेत्र हो । यस्तै डेनमार्कले कार्बन उत्सर्जन नियन्त्रण गर्नका लागि ४० बिलियन डेनिस क्रोन(३.७ बिलियन डलर)बराबर लगानी गर्ने योजना समेत बनाएको छ । यो रकम वृक्षारोपण, सिमसार क्षेत्रको संरक्षण गर्न र देशको जलवायु लक्ष्य पुरा गर्न खर्च गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

डेनमार्कका डेरी उद्योगीले सरकारको यो कदमको खुलेर स्वागत गरेका छन् । तर केहि किसानले भने सरकारको यो निर्णयको विरोध गरेका छन् ।  

यो करको कानूनलाई यसै वर्ष संसदबाट पारित गरिने जनाइएको छ । जसअन्तर्गत किसानहरुलाई ६० प्रतिशत कर लगाइनेछ र सन् २०३० बाट चौपायाले उत्सर्जन गरेको प्रतिटन कार्बनमा १२० क्रोन(१७ डलर) शुल्क लगाइनेछ । जुन सन् २०३५ मा ३०० क्रोन(४३ डलर) पुर्याइनेछ ।  

डेनमार्कमा कुल चौयायामध्ये कार्बन उत्सर्जनका लागि गाईहरु सबैभन्दा धेरै जिम्मेवारी मान्निछन् । गाईहरुले प्रतिवर्ष ५.६ टन कार्बन उत्सर्जन गर्छन् । -एजेन्सी 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.