मंगलवार, फाल्गुन ५,२०८२ 11:22:30
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 11:22:30
Bizshala
Global IME Bank Limited

भियना बन्यो विश्वकै बस्नलायक शहर, कम बस्नलायकमा को–को परे ?

भियना बन्यो विश्वकै बस्नलायक शहर, कम बस्नलायकमा को–को परे ?
Shivam Cement

काठमाण्डौ । अष्ट्रियाको राजधानी भियना विश्वको सबैभन्दा बस्नलायक शहर बनेको छ । इकोनोमिक इन्टीलिजेन्स युनिटले सार्वजनिक गरेको सूचीअनुसार भियना लगातार तेस्रो वर्ष विश्वकै शीर्ष बस्नलायक शहर बन्न सफल भएको हो ।  

इकोनोमिक इन्टीलिजेन्स युनिटले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा विश्वका १७३ शहरहरुको अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानमा विश्वका शहरहरु बसोवास गर्नका लागि कत्तिको सुरक्षित र आरामदायी छन् भन्ने बारे अध्यन गरिएको थियो । अनुसन्धानमा शहरहरुको स्थायित्व,स्वास्थ्य सेवा,संस्कृति र वातावरण,शिक्षा र पूर्वाधार गरी ५ विषयलाई आधार मानिएको थियो ।  

स्थायित्व,स्वास्थ्य सेवा,शिक्षा र पूर्वाधारमा अब्बद देखिएको भियनाले यो वर्ष पनि विश्वकै बस्नलायक शहरको उपाधि आफ्नो नाम गरेको छ । दोस्रो स्थानमा पनि युरोपेली देश डनमार्कको राजधानी कोपनहेगन रहेको छ । तेस्रोमा स्ट्जिरल्याण्डको शहर ज्यूरिख रहेको छ ।  

विश्वको बस्नलायक शहरको चौथो स्थानमा अष्ट्रेलियाको मेलबर्न,पाचौंमा क्यानडाको कालगेरी,छैठौंमा  स्विट्जरल्याण्डको जेनेभा,सातौंमा अष्ट्रेलियाको सिड्नी,आठौंमा क्यानडाको भानकौभर,नवौंमा जापानको ओसाका र दशौंमा न्यूजिल्याण्डको अकल्याण्ड रहेका छन् ।    

भियनाले संस्कृति र वातावरणमा अन्यको श्रेणीको तुलनामा कम अंक प्राप्त गरेको छ । मुख्य खेलकुद प्रतियोगिताहरुको अभावका कारण भियनाले यो श्रेणीमा कम अंक प्राप्त गरेको इकोनोमिक इन्टीलिजेन्स युनिटले जनाएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

विकसित अर्थतन्त्रका धेरैजसो शहरहरुमा स्थायित्व र पूर्वाधारमा आएको ह्रासलाई विकाशील अर्थतन्त्रका शहरहरुको स्वास्थ्य सेवा र शिक्षामा संरचनात्मक सुधारहरुले प्रतिस्थापन गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।  

एशियाली शहरहरुमा जापानको ओसाको विश्वको बस्नलायक शहरको रुपमा सूचिकृत भएको छ । त्यस्तै जापानको राजधानी टोकियो १४ औं स्थानमा,सिंगापुर २६ औं र हङकङ ५० औं स्थानमा रहेका छन् ।  

भारतका शहरहरुको स्तर बढ्दो बायु प्रदुषणका कारण खस्किएको छ ।  

विश्वका सबैभन्दा कम बस्नलायक शहरहरुमा सब–सहारा अफ्रिका,मध्य–पूर्व र उत्तर अफ्रिकाका शहरहरुको बर्चस्व रहेको छ । सिरियाको दमास्का र लिबियाको त्रिपोली विश्वकै कम बस्नलायक शहरको रुपमा रहेका छन् ।  

युक्रेनको किभ कम बस्नलायक शहरको ९ औं स्थानमा रहेको छ । इजरायलको राजधानी तेल अभिभको स्तर सबैभन्दा धेरै खस्किएको छ । तेल अभिभ २० स्थान तल झर्दै ११२ औं स्थानमा झरेको छ । गत अक्टोबरदेखि हमाससँग भएको युद्धमा इजरायलका १२ सय र प्यालेस्टाइनका ३७ हजार बढीले ज्यान गुमाईसकेका छन् ।   

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.