काठमाण्डौ नेपाल युवा उद्यमी मंच(एनवाईईएफ) काठमाण्डौले आफ्नो ६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा असार १४ गते याक एन्ड यति होटलमा सम्पन्न भएको हो । उक्त सभा प्रार्थना साखको अध्यक्षतामा सम्पन्न भएको हो । सभाबाट अभिमन्यु गोल्छा अध्यक्ष निर्वाचित भएका छन् ।
साखःको नेतृत्वमा, पाल युवा उद्यमी मंचले युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गर्यो। मुख्य कार्यक्रमहरूमा एनवाईईएफ स्टार्टअप अवार्ड, महिला उद्यमीहरूको सम्मान कार्यक्रम, एनवाईईएफ जुनियर र उद्यमशीलता कार्यक्रम, र विभिन्न नेटवर्किङ कार्यक्रमहरू सामेल थिए। एनवाईईएफ काठमाण्डौले साखलाई उनको असाधारण नेतृत्व र समर्पणको लागि धन्यवाद व्यक्त गरेको छ ।