काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले असार १६ गते मध्य रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगममले पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको छ । मूल्यवृद्धिसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टितेल तथा डिजेल प्रतिलिटर १५२ रुपैयाँ पर्ने निगमद्वारा जारी सूचनामा उल्लेख छ ।
यस्तै सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पर्नेछ । इन्डियन आयल कर्पोरेसन(आईओसी)बाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा निगमले मूल्यवृद्धि गरेको हो ।