सोमबार, असार २,२०८२ 03:37:35
  • सोमबार, असार २,२०८२ 03:37:35
Global IME Bank Limited

भारतमा ईभीको तुलनामा ४ गुणा बढी बिक्री हुँदै हाईब्रिड कार, यस्तो छ कारण

Hyundai Nepal
भारतमा ईभीको तुलनामा ४ गुणा बढी बिक्री हुँदै हाईब्रिड कार, यस्तो छ कारण
Nabil Bank Limited

काठमाण्डौ । भारतको अटोमोबाइल्स सेक्टरको ट्रेण्डमा ठूलो परिवर्तन आएको छ । भारतमा आम मानिसहरु ईभी गाडीको भन्दा दोब्बर मूल्य पर्ने भएता पनि हाईब्रिड गाडीप्रति आकर्षित भएका छन् । अप्रिल–जुन महिनाका बीच भारतमा हाईब्रिड सवारी साधनको बिक्रीले ईभी गाडीको बिक्रीलाई पछि पारेको छ ।  

बाहन ड्यासबोर्डका अनुसार भारतमा अप्रिलदेखि जुन ११ का बीच प्रतिमहिना ७ हजार ५ सय युनिटका दरले १५ हजार ईभी गाडी बिक्री भएका छन् । तर यो अवधिमा ५९ हजार ८१४ युनिट हाईब्रिड गाडीको बिक्री भएको रिपोर्टमा उल्लेख छ । भारतमा विशुद्ध विद्युतीय गाडी ८ लाख भारुबाट सुरु हुन्छ ।  

त्यस्तै हाईब्रिड गाडीको मूल्य भने १७ लाख भारुबाट सुरु हुन्छ । मोगर्न स्टेनलीका अनुसार गत फेब्रुअरीमा अमेरिकामा पनि ईभी बिक्रीको तुलनामा हाईब्रिड गाडीको बिक्री ५ गुणाले वृद्धि भएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ईभीको साटो हाईब्रिड कार रोज्नुको कारण

राम्रो माइलेज

हाईब्रिड कारले राम्रो माइलेज दिन्छ । यसले लामो रुटमा प्रतिलिटर २५–३० किमीसम्मको माइलेज दिन्छ ।  

कम सञ्चालन खर्च

अटोमोबाइल्स विज्ञहरुका अनुसार हाईब्रिड कारको सञ्चालन खर्च लामो अवधिमा ईभी कारको तुलनामा कम हुन्छ ।  

चार्जिङ पूर्वाधारको चिन्ता लिनु पर्दैन

ईभी कारका लागि चार्जिङको पूर्वाधार मुख्य समस्याको रुपमा रहेको छ । तर हाईब्रिड कार इन्धन र ब्याट्री दुवैबाट चल्ने भएकाले यसमा चार्जिङ पूर्वाधारको चिन्ता लिनु पर्दैन ।  

रेन्जको चिन्ता लिनु पर्दैन

ईभी कारमा कम चार्जिङबाट लामो यात्रा गर्न सकिदैन भन्ने चिन्ता रहन्छ । तर हाईब्रिडमा इन्धन पनि प्रयोग हुने भएकाले यस्तो चिन्ता लिनु पर्दैन ।  

हाईब्रिड कारहरु पेट्रोल वा डिजेलबाट चल्न सक्छन् । यसका अलावा यसमा विद्युतीय ब्याट्री समेत हुन्छ । जसले कारको रेन्ज र इन्धनको क्षमता समेत बढाउन सहयोग गर्छ । यतिबेला विश्वमा पेट्रोल–डिजेल,बाट चल्ने सवारीका अलावा स्ट्रङग हाईब्रिड,माइल्ड हाईब्रिड, प्लग–इन हाईब्रिड र विशुद्ध ईभी कारहरुको लोकप्रियता वृद्धि भईरहेको छ ।  

अटो कम्पनीको संगठन,‘ सोसाइटी अफ इन्डियन अटो मोबाइल म्यानुफ्याक्चर्सको आँकडाअनुसार भारतमा हाईब्रिड कारहरुको बिक्री गत वर्ष ३० प्रतिशतभन्दा बढी भएको थियो । यहि कारण कार निर्माता कम्पनीहरु जस्तै मारुति सुजुकी र टोयटाले ईभीको साटो हाईब्रिडमा ध्यान केन्द्रित गरेका छन् । हुन्डाईले पनि सन् २०२६ सम्म भारतमा आफ्नो पहिलो हाईब्रिड कार लञ्च गर्ने योजना बनाएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.