सोमबार, असार २,२०८२ 12:51:05
  • सोमबार, असार २,२०८२ 12:51:05
Global IME Bank Limited

प्रचण्डको ब्रिफिङ–‘कांग्रेस–एमाले मिले, हामीले सरकार छाड्नुपर्ने भो’

Hyundai Nepal
प्रचण्डको ब्रिफिङ–‘कांग्रेस–एमाले मिले, हामीले सरकार छाड्नुपर्ने भो’
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले माओवादी केन्द्रका दुई शीर्षस्थ नेताहरुसँगको छलफलमा एमालेसँगको सहकार्य टुट्ने अवस्था बनेको व्रिफिङ गरेका छन् ।  

माओवादीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई बालुवाटार भेट्न बोलाएर प्रधानमन्त्री प्रचण्डले एमाले र कांग्रेस मिल्ने भए, हामीले सत्ता गुमाउनुपर्ने भयो भन्दै ब्रिफिङ गरेका हुन् ।  

‘राजनीतिक परिस्थिति फेरिने भयो, हामी बाहिरिनुपर्ने भयो । कांग्रेस र एमालेबीच मिलेर सरकार चलाउने सहमति भएको ठोस कुरा आएपछि हामी टाँसिरहनुको अर्थ हुँदैन ।‘ प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उच्च स्रोतका अनुसार सो क्रममा प्रचण्डले तत्काल सरकारबाट बाहिरिनुपर्ने अवस्था बने पनि आफ्नो नेतृत्वमा रहेको सरकारले आशा जगाउने काम गरेको र यसैलाई चुनावी अजेण्डा बनाएर अगाडि बढ्दा पार्टीलाई फाइदा पुग्नेसम्मको विश्लेषण सुनाएका थिए ।  

सो क्रममा अर्थमन्त्री समेत रहेका वर्षमान पुनले प्रचण्डको सन्देश लिएर आफू ओलीलाई भेट्न बालकोट गएको समेत सुनाएका थिए । ओलीले आफूलाई कांग्रेससँगको सहमति निकै अगाडि बढिसकेको र अब आफू त्यसबाट पछाडि हट्न नसक्ने सन्देश पठाएका थिए । यो विषय छलफलका क्रममा पुनले बालुवाटारमा पनि पुनः स्मरण गराएका स्रोत दाबी गर्छ ।  

प्रचण्डले छलफलका क्रममा एमालेले धोका दिएका कारण कम्युनिष्ट एकता फेरि पनि अन्यौलमा परेको दाबी गरेका थिए ।  

उनले एमाले र कांग्रेसबीचको सत्ता सहकार्य लामो समयसम्म नटिक्ने पनि दाबी गरेका थिए । त्यसपछि कुनै न कुनै शक्तिलाई आफूहरुकै सहयोग चाहिने भन्दै त्यो दिन धेरै टाढा नहुनेसम्मको भविष्यवाणी गर्न भ्याएका थिए ।  

पछिल्लो समय प्रचण्डले वर्षमान पुनलाई च्याप्न थालेपछि पार्टीका अर्का उपमहासचिव जनार्दन शर्मा चिढिएका छन् । शर्माले आफ्नै पार्टीका अध्यक्षले नेतृत्व गरेको सरकारले ल्याएको बजेटको संसदमै विरोध गरेका थिए । शर्मा नेतृत्वको समूहको असन्तुष्टिमा खेलेर केही शक्तिहरुले माओवादी केन्द्रलाई नै फुटाउनेसम्मको खेल खेलेको निश्कर्ष निकाल्दै पछिल्लो समय प्रचण्ड आफैंले शर्मालाई महत्वपूर्ण छलफलहरुमा बोलाउन थालेका हुन् । उनी सरकार छाड्नै परे पनि पार्टीमा फुट आउन नदिन निकै सचेत भएर अगाडि बढिरहेका स्रोत दाबी गर्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.