शनिबार, आश्विन ५,२०८१ 07:28:52
IME remit
  • शनिबार, आश्विन ५,२०८१ 07:28:52
IME remit
Global IME Bank Limited

ओलीलाई रोक्ने र देउवालाई बोक्ने खेलमा प्रचण्ड, कांग्रेसले पनि बाटो फेर्न लागेको हो ?

Hyundai Nepal
ओलीलाई रोक्ने र देउवालाई बोक्ने खेलमा प्रचण्ड, कांग्रेसले पनि बाटो फेर्न लागेको हो ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाली कांग्रेसको बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा एमालेसँग केपी ओलीको नेतृत्वमा सरकार बनाउन गरेको सहमति अनुमोदनको निर्णय गरेको छ ।  

यो निर्णयसँगै कांग्रेसले प्रधानमन्त्री पुष्मकमल दाहाललाई राजीनामा गरी मार्गप्रशस्त गर्न समेत आग्रह गरेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

प्रतिनिधिसभामा सहभागी बहुमत दलहरुले केपी ओली नेतृत्वको सरकारमा समर्थन गर्ने र साथ दिने भनिसकेपछि प्रधानमन्त्री प्रचण्डले नैतिकताका आधारमा समेत पदबाट राजीनामा गर्नुपर्ने आफूहरुले निश्कर्ष निकालेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।  

यसअघि एमालेले पनि मंगलबार सचिवालय बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई आज साँझसम्म राजीनामा गरी मार्गप्रशस्त गर्न भनेको छ । प्रचण्डले राजीनामा नदिए बिहीबार बिहानसम्म सम्भवतः एमालेलेआफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउनेछ ।  

प्रचण्ड अझै खेल्दै

कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरिसकेका र अन्य साना दलहरुले समेत त्यसमा समर्थन जनाइसकेको अवस्थामा समेत प्रधानमन्त्री प्रचण्डले भने सत्ता छाड्न मानेका छैनन् । हिजो उनले राष्टपति रामचन्द्र पौडेललाई भेटेर आफूले गलेर राजीनामा नदिने, बरु संसदको फेस गर्ने सन्देश दिएका छन् ।  

प्रचण्डले तत्काल राजीनामा नगरेर अझै राजनीतिक खेल  खेल्न खोजेका र केही साना दललाई परिचालन गरी दवाब सिर्जना गर्ने र केपी ओलीको नेतृत्वमा सरकार बन्नै नदिने रणनीति लिएका देखिन्छ ।  

प्रचण्डले राष्टपति पौडेलसँगको भेटमा समेत कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हो भने मात्र आफूले राजीनामा गर्ने अडान व्यक्त गरेका थिए ।  

प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच  तत्काल सरकार नछाड्ने, संविधानले दिएको अधिकार अधिकतम प्रयोग गर्ने, यही बीचमा सरकार लम्ब्याएर ठूला भ्रष्टाचारका फाइल खोल्ने र जनताको सहानुभूति बटुलेर कांग्रेस र एमालेलाई दवाबमा राख्नेलगायतका विषयमा सहमति भएको बालुवाटारस्थित स्रोतले जनाएको छ ।  

स्रोतको सोही दाबीलाई बल पुग्ने गरी प्रधानमन्त्री प्रचण्ड समेत कांग्रेसलाई कन्भिन्स गर्न लागिपरेका बुझिएको छ ।  

उनले मंगलबार राति बालुवाटारमै केही भारतीय दूतहरुलाई समेत भेटेका स्रोतले बताएको छ । बुधबार साँझ समेत भारतीय दूतावासका अधिकारीहरुसँग प्रचण्डले अनौपचारिक छलफल राखेका छन् । उनी भारतीय शक्ति प्रयोग गरी कांग्रेस र मधेशवादी दलहरुलाई दवाब दिने र प्रधानमन्त्री बन्न केपी ओलीलाई रोक्ने योजनामा देखिन्छन् ।  

यसका लागि प्रचण्डले संविधानको धारा ७६(२) बमोजिम केपी ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने रणनीति लिएका छन् । धारा ७६(३) अनुसार सरकार गठनका लागि राष्टपतिले आह्वान गरुन् भन्ने प्रचण्डको चाहना छ । यसैकारण पनि उनले संसद फेश गर्ने, राजीनामा नदिने घोषणा गरेका हुन् ।  

अहिलेको संवैधानिक व्यवस्थाअनुसार यदि कुनै पनि सरकारलाई दिएको समर्थन कुनै सत्ता सहयात्री दलले फिर्ता लिएमा प्रधानमन्त्रीले त्यसको एकमहिनाभित्र विश्वासको मत लिनुपर्छ । तर, कांग्रेससँग नयाँसरकार बनाउने सहमति गरेको एमालेले हालसम्म पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । यस्तो अवस्थामा प्रचण्डलाई सत्ता लम्ब्याउने सहज अवस्था बनेको छ । यदि एमालेले भोलि या पर्सी समर्थन फिर्ता लियो नै भने पनि प्रचण्डले त्यसको १ महिनाभित्रमा संसद फेश गर्नुपर्ने हुन्छ । यही  १ महिनाको समयलाई प्रचण्डले केपी ओलीलाई रोक्ने, बरु शेरबहादुर देउवालाई बोकेर अगाडि बढ्नेसम्मको योजना बनाएका दाबी स्रोतहरुको छ ।  

यही योजनाअनुसार प्रचण्डले बिना शर्त देउवालाई प्रधानमन्त्री बनाउने र माओवादी तथा रास्वपाको देउवा प्रधानमन्त्री बन्ने अवस्थामा पूर्ण समर्थन रहने सन्देश पनि पठाइसकेका छन् ।  

तर, पछिल्लो समय एमालेसँगको सत्ता सहकार्यको सहमतिबाट कांग्रेस पछि हट्ने अवस्था देखिन्न । सभापति शेरबहादुर  देउवाले प्रष्ट रुपमा प्रचण्डलाई एमालेसँग सहमति भइसकेको र आफू अब पछि हट्न नसक्ने सन्देश दिइसकेका छन् ।  

यसरी प्रचण्डको केपी ओली रोक्ने र देउवालाई बोक्ने खेलले राजनीतिक अन्यौल अझै बढ्ने देखिन्छ । सत्ताका लागि सधैं नैतिकता लिलामीमा राख्ने प्रचण्डले यसपटक पनि प्रष्ट रुपमा बहुमत गुमाइसक्दा समेत  सत्तामै टाँसिएर राजनीतिक लाभ लिने अर्को अनैतिक काम गर्नसक्ने सम्भावना पनि बढेको छ।

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.