मंगलवार, पुष ९,२०८१ 07:32:40
IME remit
  • मंगलवार, पुष ९,२०८१ 07:32:40
IME remit
Global IME Bank Limited

राष्ट्रिय सहकारी महासंघद्वारा बडालसहित विभिन्न व्यक्तित्व तथा संघ/संस्था पुरस्कृत

Hyundai Nepal
राष्ट्रिय सहकारी महासंघद्वारा बडालसहित विभिन्न व्यक्तित्व तथा संघ/संस्था पुरस्कृत
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघले विभिन्न व्यक्तित्व तथा उत्कृष्ट सहकारी संघ÷संस्थालाई पुरस्कृत गरेको छ । महासंघले १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३१ औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा विभिन्न व्यक्तित्व तथा उत्कृष्ट सहकारी संघ/संस्थालाई पुरस्कृत गरेको हो ।  

असार २२ गते अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा महासंघ आयोजना गरेको कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकोजी श्रेष्ठले विभिन्न व्यक्तित्व तथा संघ/संस्थालाई पुरस्कार प्रदान गरेका हुन् ।  

उक्त कार्यक्रममा राष्ट्रिय सहकारी पुरस्कारबाट महासंघका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री  केशव बडाल पुरस्कृत भएका थिए । सहकारी अभियानको विकास र विस्तारमा महत्वपूर्ण योगदान निरन्तर दिइरहको भन्दै महासंघले उहाँलाई सम्मान गरेको हो ।

Bizshala
Shivam Cement
CG Motors

त्यसैगरि, उत्कृष्ट सहकारी पुरस्कारबाट मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघ सम्मानीत भएको थियो  । उत्कृष्ट व्यबसाय पुरस्कारतर्फ ७ प्रदेशका १÷१ संस्था पुरस्कृत भए । जसमा कोशीबाट झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था, मधेश प्रदेशबाट सर्लाहीको साना किसान कृषि सहकारी संस्था, बागमती प्रदेशबाट भक्तपुरको युवा  साकोस, गण्डकीबाट नवलपरासीको नवप्रतिभा साकोस, लुम्बिनीबाट दाङको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था, कर्णालीबाट सल्यानको ग्रामीण साकोस, कैलाली किसान बहुउद्देश्यीय सहकारी संस्था सम्मानीत भए ।  

उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहाल पुरस्कृत भए । सहकारी पत्रकारिता पुरस्कारबाट सहकारी खबरका सम्पादक काजी श्रेष्ठ र मेरो लगानीकी संचारकर्मी सुधा देवकाटा पुरस्कृत भइन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.