कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता
काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ र पशुपति सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन् भने पशुपति सहकारीका सात जना बचतकर्ताको बचत फिर्ता गरिएको छ।

