बुधबार, भाद्र २५,२०८२ 10:27:37
  • बुधबार, भाद्र २५,२०८२ 10:27:37
Global IME Bank Limited

सरकारले गर्यो समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता

Hyundai Nepal
सरकारले गर्यो समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता

काठमाण्डौ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने काम गरेको हो ।  

भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।  

उक्त अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले १ लाख भन्दा कम बचत भएकाहरूको पूरै चुक्ता गरिएको र सो भन्दा बढी भएका ४३८ जनालाई पनि दामासाहीले राहत दिने काम गरिएको बताए । मन्त्री अधिकारीले माग दाबी गर्ने बचतकर्ताहरूको सङ्ख्या ६ हजार ५९३ जनाको रकम चुक्ता गरिएको बताए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, उनले हालसम्म कुल ६ हजार १५५ जनाको पुरै चुक्ता भएको बताउँदै खातामा रकम पठाउने काम हुने समेत जानकारी दिए। ‘आज, भोली र पर्सी सम्म त्यो पठाउने काम हुन्छ । र, त्यो टोटल रकम १ अर्ब, ४८ करोड, ५१ लाख ३७ हजार ७१५ हुन आउँछ । यति हामीले वितरण गरेको अवस्था छ । यो चाहिँ पूरै चुक्ता भएको हो । यो एक लाख भन्दा मुनिको रकम पर्छ । अव धेरै भएको तर सबै दिने अवस्था नरहेको ४३८ जना हामीले बाँडेका छौँ । त्यो मध्ये ३ करोड १ लाख ९९ हजार १८४ रकम छ । यसरी टोटलमा अहिले केही राहत पाउने, केही पुरै चुक्ता हुने गरेर ६ हजार ५९३ सङ्ख्या भएको छ । र, १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम वितरण भएको अवस्था म यहाँहरूलाई जानकारी गराउन चाहन्छु, ’ उनले भने ।  

मागवादी गर्ने बचतकर्ता ६२ हजार ७६० रहेको सरकारी तथ्यांकले देखाएको छ । जसमध्ये ६५९३ जनाको बचत रकम फिर्ता गरिएको छ । बाँकी ५६ हजार ६०५ जनाको बचत रकम सम्बन्धित सहकारीको पुँजी, भौतिक सम्पत्ति, लगानी गरेको ऋण असुलीको माध्यमाबाट फिर्ता गराइने पनि मन्त्रालयले जनाएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.