शुक्रबार, आश्विन १६,२०८३ 05:55:47
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 05:55:47
Bizshala
Global IME Bank Limited

खाद्य संकटसँग जुध्दै जिम्बाबे, अफ्रिकन युनियनले दियो ३१.८ मिलियन डलर खडेरी बीमा रकम

Bizshala
खाद्य संकटसँग जुध्दै जिम्बाबे, अफ्रिकन युनियनले दियो ३१.८ मिलियन डलर खडेरी बीमा रकम
New Office

काठमाण्डौ । जिम्बाबेले अफ्रिकन युनियनबाट ३१.८ मिलियन डलरबराबरको खडेरी बीमा रकम प्राप्त गरेको छ  । जिम्बाबेले अफ्रिकन युनियनको अंगको रुपमा रहेको ‘अफ्रिकन रिस्क क्यापासिटी’बाट उक्त खडेरी बीमा रकम प्राप्त गरेको हो ।  

अफ्रिकन रिस्क क्यापासिटीले ‘इल निनो’ नामक खडेरीबाट ग्रस्त भएको जिम्बाबेलाई ३१.८ मिलियन डलर उपलब्ध गराएको त्यहाँको वित्तमन्त्री मिथुली एनक्यूबले बताएका छन् । यस्तै उनले सरकारले खाद्य आवश्यकता भएकाहरुलाई खाना वितरण गर्ने रणनीति समेत लिएको बताएका छन् ।  

एनक्यूबले खाद्य वितरण कार्यक्रमले खाद्य जोखिममा परेकाहरुलाई सहयोग पुर्याउने लक्ष्य लिएको र यसबाट अहिले ६० लाख मानिसहरु लाभान्वित भईरहेको बताएका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

खडेरी बीमाबापत पाएको रकम खडेरीको प्रकोप रोक्न अपनाइने उपायहरुका लागि प्रयोग गरिने समेत वित्तमन्त्री मिथुलीले बताए । यसबाट ५ लाख ९ हजार घरपरिवार लाभान्वित बन्नेछन् । जिम्बाबेको सरकारले प्रत्यक्ष रुपमा १६.८ मिलियन डलर प्राप्त गरेको छ । यस्तै विश्व खाद्य कार्यक्रमले समेत १ मिलियन डलर उपलब्ध गराएको छ । यसबाट दक्षिणी जिम्बाबेका २ लाख मानिस लाभान्वित हुनेछन् ।  

इल निनो नामक मौसमी अवस्थाले बालीनालि नष्ट गरेकाले मार्चसम्म १७ १ करोड ७० लाख मानिसहलाई खाद्यान्न आवश्यक पर्ने जिम्बाबे सरकारले जनाएको छ ।  

जिम्बाबेले वार्षिक रुपमा २२ लाख टन मकै उपभोग गर्छ । तर यो वर्ष भने देशमा ७ लाख ४४ हजार २७१ टन मात्रै मकै उत्पादन हुने अपेक्षा गरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले कम हो । -एजेन्सी 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.