शुक्रबार, श्रावण १५,२०८३ 09:24:22
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 09:24:22
Bizshala
Global IME Bank Limited

तामाको मूल्य प्रतिटन १० हजार डलर बढी पुग्यो, अझै बढ्ने आँकलन

तामाको मूल्य प्रतिटन १० हजार डलर बढी पुग्यो, अझै बढ्ने आँकलन
New Office

काठमाण्डौ । विश्व बजारमा तामाको मूल्य प्रतिटन १० हजार डलर बढी पुगेको छ । लगानीकर्ताले चीनले आर्थिक गतिविधि बढाउने नीति अपनाउने अपेक्षा गरेसँगै विश्व बजारमा तामाको मूल्य वृद्धि भएको हो ।  

विश्वको सबैभन्दा ठूलो तामा उपभोक्ता, चीनले मध्य जुलाईमा आयोजना गर्न लागेको तेस्रो प्लेनम बैठकमा  नविकरणीय उर्जा पूर्वाधारलाई उकास्न थप योजनाहरु सार्वजनिक गेर्न अपेक्षा गरिएको छ ।  

यी अतिरिक्त उपायहरु घरेलु  सम्पत्ति र ग्रिड लगानीहरुप्रति लक्षित हुने र यसले आगामी दिनमा तामाको मूल्य थप वृद्धि हुने सिटी बैंकका विश्लेष्कले बताएका छन् । अहिले तामाको मूल्यमा कमी देखिनुको मुख्य कारण विश्वव्यापी रुपमा औद्योगिक उत्पादनमा देखिएको कमी नै मुख्य कारण रहेको र यो प्रवृत्ति अल्पकालिन मात्रै हुने सिटी बैंकले दाबी गरेको छ ।  

विश्वका मुख्य केन्द्रीय बैंकहरुले गरिरहेको ब्याजदर कटौतीका कारण दीर्घकालमा तामाको मूल्य अझै बढ्ने र भविष्यमा यसको मूल्य प्रतिटन १२ हजार डलरसम्म पुग्ने बताइएको छ ।  

अहिले विश्वबजारमा तामाको मूल्य प्रति पाउण्ड ४.६७ डलर र प्रतिटन १० हजार ३४ सय डलरका कारोबार भईरहेको छ । गत मे महिनामा तामाको मूल्य हालसम्मकै उच्च अर्थात प्रतिटन ११ हजार डलर पुगेको थियो ।  -एजेन्सी

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.