सोमबार, श्रावण १८,२०८३ 06:09:07
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:09:07
Bizshala
Global IME Bank Limited

काल्सबर्गले ब्रिटभीकलाई ४ बिलियन डलरमा खरिद गर्ने, सेयरमूल्यमा उछाल

काल्सबर्गले ब्रिटभीकलाई ४ बिलियन डलरमा खरिद गर्ने, सेयरमूल्यमा उछाल
New Office

काठमाण्डौ । डेनमार्कको बियर उत्पादक कम्पनी काल्सबर्गले बेलायतको सफ्ट ड्रिङ्क कम्पनी ‘ब्रिटभीक’लाई खरिद गर्ने भएको छ । सोमबार कम्पनीले ब्रिटभीकलाई ४.२ बिलियन डलरमा खरिद गर्ने सम्झौता गरेको हो ।  

यससँगै कम्पनीले ब्रिटभीकको प्रतिसेयरलाई १२९० पेन्स प्रदान गर्ने सम्झौता गरेको छ । यसका साथै ब्रिटभीकका सेयरधनीहलाई प्रतिकित्ता १३१५ पेन्स प्रदान गर्नेछ । ब्रिटभीक बेलायको पब ग्रुप मार्स्टको कम्पनी हो ।  

यसअघि गत जुनमा ब्रिटभीकले प्रतिकित्ता १२५० पेन्स प्रदान गर्ने काल्सबर्गको प्रस्ताव नकारेको थियो । कम्पनीले त्यसबेला यो प्रस्ताव अन्डरभ्याल्युड भएको भन्दै प्रस्ताव अस्विकार गरेको थियो । काल्सबर्गले जुन ६ गते प्रतिकित्ता १२०० पेन्स प्रदान गर्ने प्रस्ताव समेत कम्पनीले अस्विकार गरेको थियो ।  

यो नयाँ सम्झौताले विविध पेय क्षेत्रमा नयाँ अवसरहरुको सिर्जना हुने दुवै कम्पनीले बताएका छन् ।  

काल्सबर्गले ब्रिटभीकलाई प्राप्ति गर्ने खबर बाहिरिएसँगै कम्पनीको सेयरमूल्य ४ प्रतिशतले बढेको छ । यस्तै ब्रिटभीकको सेयरमूल्य पनि ५ प्रतिशतले उकालो लागेको छ । मार्स्टनको सेयरमूल्यमा पनि १५ प्रतिशतको उछाल आएको छ ।  

सन् १८४७ मा स्थापना भएको काल्सबर्गको बेलायतमा लामो इतिहास रहेको छ । नयाँ सम्झौताले पेप्सीकोसँगथ पनि काल्सबर्गको समझादारी अझै बलियो बन्ने विश्वास गरिएको छ ।  

ब्रिटभीकले बेलायत,आयरल्याण्ड,ब्राजिक र अन्य अन्तराष्ट्रिय बजारहरु जस्तै फ्रान्स, मध्य–पूर्व र एशियामा सफ्ट ड्रिङ्क बेच्ने गर्छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.