शुक्रबार, बैशाख ४,२०८३ 08:31:14
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:31:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टिकटकले हटायो ९७ करोड बढी भिडियो

Bizshala
टिकटकले हटायो ९७ करोड बढी भिडियो
Shivam Cement

काठमाण्डौ । टिकटकले सन् २०२४ को पहिलो त्रैमासिकका महत्वपूर्ण नयाँ डेटा प्वइन्ट र ट्रेण्डहरूलाई समेटेर कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट प्रकाशित गरेको छ।

टिकटकले पहिलो त्रैमासमा संसारभरबाट आफ्नो प्लेटफर्ममा अपलोड भएका १६ करोड ६९ लाख ९७ हजार ३०७ भिडियोहरू हटाएको छ । जुन अपलोड गरिएका भिडियोहरूको लगभग ०.९ प्रतिशत हो। यी मध्येको एक महत्वपूर्ण हिस्सा १२ करोड ९३ लाख ३५ हजार ७९३ भिडियोहरूअटोमेटेड डिटेक्सन प्रविधिहरू मार्फत् पहिचान गरी हटाइएको थियो भने ६० लाख ४२ हजार २८७ भिडियोहरू थप समीक्षापछि पुनर्स्थापित गरिएका छन्।

यसका साथै, टिकटकले आफ्नो कम्युनिटी गाइडलाइनहरू उल्लङ्घन गरेको आधारमा पहिलो त्रैमासमा ९७ करोड ६४ लाख ७९ हजार ९४६ भिडियो कमेन्टहरू पनि हटाएको छ। यो सङ्ख्या त्यस अवधिमा प्रकाशित कुल भिडियो कमेन्टहरूको १.६  प्रतिशत हो। त्यस अवधिमा क्रियटरहरूले आफ्ना भिडियोहरूबाट ३ अर्ब ३८ करोड १६ लाख ४६ हजार ७२२ कमेन्टहरू फिल्टर गर्न वा हटाउनका लागि उनीहरूको एक्स्टेन्सिभ कमेन्ट सेफ्टी टुलहरूको पनि प्रयोग गरेका थिए।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उन्नत टेक्नोलोजी र मानवीय निगरानीको फाइदा उठाउँदै टिकटक आफ्नो गाइडलाइन्स विपरीतका कन्टेन्टहरू पहिचान गर्न, रिभ्यु गर्न र अड्रेस गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ। कम्युनिटी गाइडलाइन एन्फोर्समेन्ट रिपोर्टको आवधिक प्रकाशनले पूर्ण पारदर्शिताप्रति टिकटकको प्रतिबद्धतालाई चित्रण गर्दै कन्टेन्ट र अकाउन्टका कार्यहरूको मापन र प्रकृतिमा इनसाइटहरू समेत प्रदान गरेको कम्पनीले दाबी गरेको छ।

यसबाहेक टिकटकले अनलाइन बाल यौन दुर्व्यवहार र शोषण र बाल यौन दुर्व्यवहार सामाग्रीको आदानप्रदान विरुद्ध लड्न आफ्नो प्रयासहरूमा एक नयाँ स्ट्यान्ड–अलोन रिपोर्ट पनि लन्च गर्दैछ। यसले प्लेटफर्मलाई बालबालिकालाई हानि गर्न खोज्नेहरूको पहुँचबाट जोगाउने टिकटकको विश्वास छ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.