सोमबार, असार २,२०८२ 11:46:04
  • सोमबार, असार २,२०८२ 11:46:04
Global IME Bank Limited

३ वर्षपछि बोन्ड बजारमा फर्कदै साउदी अरामको, ३ बिलियन डलरबराबरको फण्ड जुटाउने लक्ष्य

Hyundai Nepal
३ वर्षपछि बोन्ड बजारमा फर्कदै साउदी अरामको, ३ बिलियन डलरबराबरको फण्ड जुटाउने लक्ष्य
Nabil Bank Limited

काठमाण्डौ । साउदी अरबको दिग्गज सरकारी तेल कम्पनी साउदी अरामको ३ वर्षपछि बोन्ड बजारमा फर्किएको छ । कम्पनीले १० वर्षे,३० वर्षे र ४० वर्षे अवधिको बोन्ड जारी गर्नका लागि बैंकहरु नियुक्त गरेको छ । कम्पनीले ३ वटै समायावधिको बोन्डबाट ३ बिलियन डलर उठाउने लक्ष्य लिएको छ ।  

कम्पनीले बजारमा देखिएको तरलताको फाइदा उठाउन बोन्ड जारी गर्न लागेको जनाइएको छ । खाडीका देश तथा कम्पनीहरुले बजारको राम्रो अवस्थाको फाइदा उठाउदै यस वर्ष फण्ड उठाईरहेका छन् । साउदी अरबियाले शीर्ष तेल आयातकर्तासँग मिलेर जनवरीमा १२ बिलियन डलरबराबरको डलर बोन्ड र ५ बिलियन डलरबराबरको इस्लामिक बोन्ड जारी गर्दैछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साउदी अरामकोले पछिल्लोपटक सन् २०२१ मा १०,३० र ४० वर्षे बोन्ड जारी गरेर ९ बिलियन डलरबराबरको बोन्ड जारी गरेको थियो । अरामको साउदी सरकारका लागि लामो समयदेखि नगद बैंकको रुपमा रहेको छ । कम्पनीले सन् २०२४ का लागि १२४.३ बिलियन डलरबराबरको लाभांश घोषणा गर्ने सम्भावना रहेको जनाइएको छ । जसको अधिकांश हिस्सा साउदी सरकारले प्राप्त गर्नेछ ।  

गत महिना कम्पनीले ग्यास विस्तार योजनाका लागि २५ बिलियन डलरबराबरको सम्झौताका लागि अनुमति पाएको थियो ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.