काठमाण्डौ । नेपाली धनाढ्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीका भाई अरुण चौधरी पक्राउ परेका छन् । उद्योगपति चौधरीलाई आज बिहिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । उनी काठमाण्डौ लैनचौरबाट पक्राउ परेका हु्न् ।
उनी सरकारी स्वामित्वको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका हुन् ।
अरुण चौधरी सिजी होल्डिङका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर हुन् । उनी विनोद चौधरी र वसन्त चौधरीका कान्छा भाई हुन् ।