मंगलवार, फाल्गुन १३,२०८१ 07:14:54
IME remit
  • मंगलवार, फाल्गुन १३,२०८१ 07:14:54
IME remit
Global IME Bank Limited

भारतको केन्द्र सरकारले ७५००० करोड भारु बराबरको ऋण ५० वर्षका लागि बिनाब्याज दिने

Hyundai Nepal
भारतको केन्द्र सरकारले ७५००० करोड भारु बराबरको ऋण ५० वर्षका लागि बिनाब्याज दिने
Nabil Bank Limited

काठमाण्डौ । निर्मला सितारमणले मोदी नेतृत्वको सरकारको दोश्रो कार्यकालको अन्तिम तथा पूर्णकालीन महिला वित्तमन्त्रीको रुपमा आज(बिहीबार) आफ्नो छैठौं बजेट पेश गरिन् । चुनावी वर्ष भएका कारण यो पूर्ण बजेट भने होइन, यसलाई अन्तरिम बजेटको रुपमा बुझ्नुपर्छ ।  

बजेट भाषण गर्ने क्रममा वित्तमन्त्री निर्मला सितारमणले ५० वर्षका लागि केन्द्र सरकारले राज्य सरकारहरुलाई ७५००० करोड भारु बराबरको ब्याजमुक्त लोन उपलब्ध गराउने महत्वपूर्ण घोषणा गरेकी छिन् । 

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

उनले आफ्नो बजेटमा विकसित भारतको लक्ष्य प्राप्तिका लागि राज्यका कतिपय नीतिमा आमूल सुधारको आवश्यकता औंल्याउँदै ब्याजमुक्त लोनको स्किम सार्वजनिक गरिन् । समृद्ध भारतको परिकल्पनालाई साकार रुप दिन राज्यहरुलाई आर्थिक सहायताको जरुरी हुनेछ । यही दिशामा अगाडि बढ्दै ५० वर्षका लागि ७५००० करोड भारुको व्यवस्था गरिएको छ । राज्यको अवस्थामा आमूल सुधार ल्याउनका लागि यो लोन ब्याजमुक्त गरिनेछ ।  

वित्तमन्त्रीले विगत वर्षहरुमा झै राज्य सरकारहरुलाई केन्द्र सरकारबाट हुने सहयोग जारी नै रहनेछ । गत वर्ष पनि सीतारमणले राज्य सरकारहरुलाई पूँजीगत लगानीका लागि विशेष सहायताको घोषणा गर्दै १.३ लाख करोड भारुसम्मको राशि ५० वर्षका लागि ब्याजमुक्त लोनको रुपमा उपलब्ध गराइने बताएकी थिइन् ।  

त्यसको केही महिनापछि वित्त मन्त्रालयले भनेको थियो कि १६ राज्य सरकारबाट आएको ५६४१५ करोड भारु बराबरको पूँजी लगानीसम्बन्धी प्रस्ताव स्वीकृत गरिएको छ । अब यो वर्षका लागि ७५००० करोडको व्यवस्था गरिएको छ । यसअन्तर्गत राज्यमा स्वास्थ्य, शिक्षा, सिंचाई, जलआपूर्ति, बिजुली, सडक, पुल तथा रेल्वेसहित विभिन्न क्षेत्रमा पूँजी लगानी गर्नुपर्ने परियोजनाहरुमा निकै ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।  

यसैगरी, अन्तरिम बजेटमा निजी क्षेत्रलाई खास सहयोग गर्ने उद्देश्यले १ लाख करोड भारुको व्यवस्था गरिएको छ ।  

वित्तमन्त्रीले सन् २०४७ सम्ममा भारतलाई विकसित देश बनाउने सपना समेत सुनाएकी छिन् ।  

एकघण्टाभन्दा कमको अन्तरिम बजेट भाषण गरेकी सीतारमणले चुनावबाट आउने नयाँ सरकारले पूर्ण बजेट ल्याउने जानकारी दिएकी छिन् ।  

Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.