बुधबार, असार ४,२०८२ 04:26:20
  • बुधबार, असार ४,२०८२ 04:26:20
Global IME Bank Limited

बाढीपहिरोबाट देशभरको यातायातमा समस्या, १३२ सडक प्रभावित

Hyundai Nepal
बाढीपहिरोबाट देशभरको यातायातमा समस्या, १३२ सडक प्रभावित
Nabil Bank Limited

काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरका १३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार १३ सडकखण्ड पूर्णरुपमा तथा ११९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा छन् ।

विभागका अनुसार बिपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल –मध्य पहाडी) राजमार्गलगायत ११९ सडकखण्डमा एकतर्फी रुपमा यातायत सेवा सञ्चालन भईरहेको छ । यस्तै डुम्रे–बेँसीसहर–चामे, विराटनगर–इटरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्णरुपमा अवरुद्ध छन् । जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारसम्म मुलुकभर वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको उच्च जोखिम रहेको जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बाढी पहिरोका कारण देशैभर ठूलो मात्रामा जनधनको क्षति भईरहेको छ । बिहीबार राति सवा १० बजेतिर खसेको पहिरोमा पुरिएर  कास्कीमा एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बस सिमताल भन्ने स्थानमा पहिरोमा परेका छन् । बसमा सवार यात्रुको अवस्था अज्ञात रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.